अनिजको जनजाति पत्रकारलाई खोज तालिम सुरु

Read Time:3 Minute, 41 Second

पोखरा, असार २५
पोखरा उपमहानगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार संघ 
(अनिज) कास्कीले पोखरामा शनिबारदेखि त्रिदिवसीय पत्रकारिता तालिम सञ्चालन गरेको छ । तालिमको शुभारम्भ गदै प्रमुख अतिथि सञ्चार केन्द्र, पोखराका प्रमुख हरि प्रसाद गौतमले पत्रकारिता क्षेत्र निकै जोखिमपूर्ण भएकाले पत्रकारहरुले संयमताका साथ पत्रकारिता गर्न आग्रह गरे । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणको प्रसंग कोट्याउँदै उनले मुलुकमा पत्रकारमाथि समाचार लेखेकै भरमा कुटपिट, हत्या हुने दर्दनाक अवस्था रहेको स्मरण गराए । सञ्चार क्षेत्र शहरमुखी भएको भन्दै उनले पत्रकारहरु ग्रामीण क्षेत्रमा पुगी सूचना संकलन गर्नुपर्नेमा जोड दिए ।

अनिज कास्कीका अध्यक्ष हुम तमुको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रमको सञ्चालन सचिव रुद्र श्रीस मगरले गरेकाथिए । उपाध्यक्ष विवि आलेमगरको स्वागत थियो । अनिज कास्कीले गतवर्ष आधारभूत पत्रकारिता तालिम संचालन गरिसकेकोले यस पटक क्रियाशील पत्रकारको क्षमता अभिवृद्धिमा सघाउ पु¥याउने उद्देश्यले खोज पत्रकारिता, आलेख लेखन जस्ता विषयमा अभिमुखीकरण गर्ने कार्यक्रम राखिएको अध्यक्ष हुम तमुले जानकारी दिए ।
करीब २५ जना पत्रकार सहभागी तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य पुण्य पौडेल, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका पश्चिमाञ्चल प्रमुख भरत कोईराला, हाम्रो कलम राष्ट्रिय दैनिकका सम्पादक दीपक श्रेष्ठले सहजीकरण गर्नेछन् । पोखरामा कार्यरत आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ आयोजित तालिममा खोज पत्रकारिता, आलेख लेखन, समाचार सम्पादन लगायतका विषयमा अभिमुखीकरण गराईने अनिज, कास्कीले जनाएको छ ।
तालिमको पहिलो दिन प्रशिक्षक पुण्य पौडेलले खोज पत्रकारिताका बारेमा सहभागीलाई सहजीकरण गराए ।  आम पत्रकारिता भन्दा खोज पत्रकारिता बढि जोखिम हुने हुँदा अपराध, भ्रष्टाचार, सामाजिक रुढिवादी लगायतका विषयमा समाचार लेख्दा बढि सजग अपनाउनुपर्नेमा उनको जोड थियो । सभ्य समाजको निर्माण, सामाजिक कुरीतिको हटाउन खोज पत्रकारिताले सहयोग गर्ने तर यसको चुनौति वहन पनि स्वयं पत्रकारले नै गर्नुपर्ने भएकाले पत्रकारिता क्षेत्रमा खोज पत्रकारिताको निकै महत्व रहेको उल्लेख गरेकाथिए ।

तालिमको दोस्रो दिन आईतबार पत्रकार भरत कोईरालाले आलेख लेखनका विषयमा सहजीकरण गराउने अनिज कास्कीले जनाएको छ ।

रञ्जन अधिकारी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %