२०७९ पौष १६
राज्यसत्ता संवाददाता
बसले ठक्कर दिँदा स्कुटर चालक ३२ वर्षे शेख महमद रखिम मिया को मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार भानु नगरपालिका–१३ समजुरका बासि मियालाई आज शनिबार पृथ्विराजमार्ग अवस्थित बन्दिपुर गाउँपालिका–५ याम्पामा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको प्र. नं.३–०१–००६ ख ०९२४ नम्वरको बसले ठक्कर दिंदा मृत्यु भएको जनाएको छ । गम्भीर घाईते भएका मियाको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको थियाे । बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका–४ बस्ने ३३ वर्षीय बहादुर ठकुरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
