नेपाली सेनामा जनजातिको कन्तविजोग..अनि, जनजाति लडाकु ! बेफ्वाँकको अफवाह !!

Read Time:7 Minute, 58 Second

राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो
नेपाली समाजमा र राजनीतिमा  जनजातिको कुरा उठ्नासाथ यो लडाकु जाति हो । यसले विश्वमा यस्तो रेकर्ड राख्यो देशमा उस्तो बहादुरी कमायो भन्दै फुरुङ्ग पारिन्छ । यस्तो डोज सुनेर राजनीतिक चेतनासंग गोरु बेचेको साइनो नभएका जस्ता देखिने अनौठा प्राणी  जनजातिहरु भने चिम्से आँखा चिम्म हुनेगरि मख्ख पर्छन । हो त नी भन्दै यस्तो मख्खन लगाउन सिपालु जातिको टाङमुनी लुट्पुटिन गई हाल्छन् । कुकुरलाई बिर्साउनेगरि ।

यो हतियार सधैं अरुका लागि उठ्छ

जनजाति समूदायको यहि चरित्र राम्ररी अध्ययन गरेका बेलायती कुहिरेहरुले यहि मख्खनमारि गरि आफ्नो साम्राज्य फैलाउन हदैसम्म दुरुयोग गर्यो ।  दुई विर्को रमको चुस्की लगाएर झमझम भएका पट्ठा जवानहरुलाई बख्तरबन्द गाडीमा हाली युद्ध मैदानमा धकेलिदिने गोरा साबहरुले गुर्खा बहादुर हुन्छन् कसैसंग डराउदैनन् भन्दै फुरयाएर उनीहरुको खुनको आहालमा एकचोटी विश्वमा राज गरे । विश्वलाई गुर्खा क्रुर र आततायी हुन्छन् भनि राक्षसको रुपमा प्रचारित गरि आफ्नो सत्ता फैलाए जुन छविको डर अद्यापि छ ।  यता कुकुर सरह मारिएका गुर्खाका देशमा रहेका महिलाहरु विधवा र बच्चाहरु टुहुरा भएको नभएको उनीहरुलाइ कुनै चासो थिएन ।  
बेलायती गोरा र नेपाली गोरा ( बाहुन ) बीच समानता छ । एउटै वंशजका मानिने यी दुईले नेपाली जनजातिको खुनको आहालमा सत्ताको महल खडा गरेकाछन् । बेलायतमा समान पेन्सनका लागि भूपू गुर्खाहरुले त्यत्रो आन्दोलन गर्दा समेत नपग्लिने उताको र जति नै अनुनय गर्दा पनि सत्ताको सानो ठाँउमा पनि नलैजाने नेपाली शासकीय सोंचबीच धेरै समानता छ ।
बेलायतको कुरा नगरौं । अहिले नेपालमै केन्द्रित रहेर केहि बहस चलाऔं । हामीलाइ  पृथ्विनारायण शाहको राज्यविस्तार अभियानमा गुरुङ-मगर सेना,  राणा शासन विरुद्ध हतियार बोक्ने पहिलो शहिद लखन थापा मगर,  २००७ सालमा नेपाली काग्रेसको जनमुक्ति सेना बन्ने गुरुङ-मगर, राई-लिम्बु , १० बर्ष माओवादी जयनुद्धमा लड्ने पनि सबै जनजाति । त्यसैले यी लडाका जाति नभई सत्ता पनि पल्टदैन  भनिन्छ ।
यो त भनिने र सुनिने कुरा भए । देखिने कुरा भने डरलाग्दोछ, जुन यीनलाई नै थाहा छैन । म लडाका जाति भन्दै मख्ख भई बसेका यी जातिको अवस्था नेपालको सुरक्षा निकायमा के छ भनि हेर्ने हो भने अवस्था खस्ता छ ।
नेपालमा बिना पैसा र  केहि मिसनबिना  अरुको लागि लड्ने यी जनजातिहरुको अवस्था  सत्ता बचाउन खडा गरिएको नेपाली सेनामा कस्तो छ त अवस्था भनेर हेर्नु जरुरी छ । यदि पृथ्विनारायण शाहको पाालदेखि जनजातिको भरमा टिकेको सेना हो भने त्यहाँ त पूरै जनजातिमय हुनुपर्ने हो तर त्यस्तो केहि देखिदैन । नपत्याए तलको तथ्याँक नै हेर्नोस् ।

सेनामा जातीय प्रतिनिधित्व
कुल ९२ हजार ७ सय ५३

क्षेत्री ४१ प्रतिशत
बाहुन ९.६८
मगर ८.७१
तामाड. ६.४२
नेवार ६.२३
थारु राजबंशी ५.०५
ठकुरी ३.९९
गुरुड.३.४३
राई २.९२
कामी २.६२
दमाई २.२२
गिरी १.६
घर्ती १.१
सार्की १.१

प्रधानसेनापति

हालसम्म ३५ जना
राणा २६
क्षेत्री ७
ठकुरी २
गुरुड. १

(तथ्याँक स्रोत – नेपाली सेना)

यो त जनजातिले आफ्नै ठेक्का सम्झने नेपाली सेनाको अवस्था हो । सत्ताको अरु निकायमा यिनको  हालत के होला ।  अहिलेसम्म ३५ जना प्रधानसेनापति भैसकेकाछन् तर बल्ल आएर गणतन्त्र नेपालमा पहिलोचोटी एकजना गुरुङ प्रधानसेनापति भएकाछन् । रोलक्रम हेर्दा अब यो पदमा अर्का जनजाति अर्थात लडाका जातिका कुनै ब्यक्ति आउने संभावना छैन ।
माथिको तथ्याँकले करिब आधा त क्षेत्रीले नै सेनामा कब्जा जमाएर बसेको देखाँउछ । बाहुन डरछेरुवा हुन्छन् लड्दैनन् भन्नेहरुपनि  करिब १० प्रतिशत पकड जमाएर बसेकाछन् । जनजातिमा सबैभन्दा ठूलो जनसंख्या हुने र तथ्याँकले सेनामा पनि बढी देखाउने लडाका जाति भनिने मगर भन्दा पनि बढी त बाहुनको संख्या छ ।
माथिको तथ्याँक होलसेलमा लिइएकोले जनजातिको अझै धेरै देखिएको हो । तर त्यसभित्र अफिसर्सहरुको संख्या हेर्ने हो त्यसमा सबै उच्च जातिहरु छन् । जनजाति त अधिकांश सिपाहीमा छन् । त्यसरी सत्ताको प्रमुख स्तम्भ मानिने सेनामा जनजाति लडाकु हो भने किन नेतृत्व दिईदैन ?
यसको सीधा कारण छ । भोलि चेतना बढ्दै गएपछि आफ्नो नियन्त्रणमा रहेको सत्ता जुन कुनै बेला जनजाति कै हातमा थियो, खोस्न आए सेनामा उनीहरु नै भए त्यहाँ पनि विद्रोह हुन्छ भनि यस्तो संरचना बनाइएको हो । जंगबहादुर राणालाई मार्न गुरुङ पल्टन संगठित भएको , तामाङहरुले त विद्रोह नै गरेको, उता लखन थापा मगर लागेको सैन्य इतिहास पढेका शासक जातिहरु सचेत हुने नै भए । त्यसैले अहिलेसम्म जनजातिलाई सत्तामा मात्र हैन उनीहरुको कमाण्ड रहेको सुरक्षा क्षेत्रमा पनि उच्च ठाँउ नदिइएको हो । तामाङलाई त लामो समयसम्म सुसारेको हैसियतले मात्र भर्ति गरिन्थ्यो । गणतन्त्र आएपछि मात्र खुल्ला गरिएकोछ । आफ्नो जातिको सत्ता बचाउन यो स्तरसम्म सचेत जातिसंग राजनीतिको साईनो नै नभएको जस्तो कमजोर देखिने आदिवासी जनजातिहरुको संघर्ष कम चुनौतीपूर्ण छैन ।  यस्तो कुरा बुझ्न राजनैतिक चेतना नभई हुदैन । तर यो कुन चरोको नाम हो भन्ने धेरैलाई ज्ञान नै छैन । केहिलाई चाहिं ठूला दलको चवन्नी सदस्य बनेपछि राजनीतिज्ञ भइयो भन्ने भ्रमले खाएकोछ । तिनलाई आफ्नै बारेमा (कसरी उत्पत्ति भइयो र अहिले कहाँ छौं ) भन्ने बारेमै जानकारी छैन । जबकी आफ्नो बारेमा नबुझ्दासम्म जनजातिको अवस्था सदियौं देखि जे थियो त्यसमा तात्विक परिवर्तन नआउने पक्का जस्तै छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %