प्रधानमन्त्री प्रचण्डले भाषण भन्दा जनताको काम र सेवा प्रतिज्ञा

Read Time:1 Minute, 59 Second

,

पुस १६, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालकाे तेश्राे कार्यकालमा जनता र देशको पक्षमा कुरा भन्दा बढि गर्ने प्रतिज्ञा गरेका छन् । उनले नारायणी नमूना माध्यमिक विद्यालय चितवनको हिरक महोत्सव समारोहलाई आज सम्बोधन गर्दा यस्ताे कुरा बताएका हुन् । विग्रदै गएकाे नेपालकाे अर्थतन्त्रको सुधार गर्ने पनि बताएका छन् । साथै देशमा व्याप्त कुशासनकाे सट्टा सुशासनको कायम गर्ने लागि पर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषदकाे पहिलो बैठकबाट नै अर्थतन्त्र सुधार लगायतका विषयकाे काम थालनि गरिसकेकाे बताए ।
आफ्नो गृहजिल्ला चितवन पुगेर प्रचण्डले भनेका छन्; ‘मैले यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने प्रतिज्ञा गरेको छु । नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधनभ गर्दै जाने प्रतिबद्धता लिएको छु । मेरो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर प्रतिबद्धता गरेको छु ।’ उनले भविष्यमा देश र जनताकाे पिर मर्का र समस्या बुझेर काम गर्ने जनाए । उनले निर्णय गर्दा देश र जनताकाे अहित हुने निर्णय नगर्ने बताए । याे कार्यकालमा प्रचण्डले देशमा ‘सुशासन र समृद्धिको नयाँ युगको सुत्रपात गर्न एकजुट हौं भनेर अपील गर्न चाहन्छु ।’ भन्ने भनाइ छ । उनलकाे बाेलि अनुसारको काम हुन्छ हुँदैन आउने दिनले बताउने छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %