पुस १५, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — गुरूङ(तमु) समुदायकाे नयाँ वर्ष अर्थात तमु ल्हाेसार प्रधानमन्त्री पुष्पकमल दाहालकाे प्रमुख आतिथ्यतामा आज शुक्रबार काठमाडौंको टुँडिखेलमा हर्षाेल्लास साथ सम्पन्न भएकाे छ । प्रधानमन्त्री दाहालले तमु ल्हाेसनर तमु समुदायको परम्परागत महान पर्व तमु समुदायले आर्जन गरेको, उनका पुर्खाहरुले आर्जन गरेको, तमु युवायुवतीहरुले आफ्नो वीरतामार्फत आर्जन गरेको गौरवशाली परम्परालाई हामी उच्च सम्मान गर्न चाहन्छौं चनि बताएका छन् ।

दाहालले ‘तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित छ । आफ्नो इमान्दारिताका कारण, लगन, निष्ठा र मेहनतका कारण, आफ्नो वीरता र बलिदानको कीर्तिमानका कारण नेपाली मात्रमा एउटा गर्वको एउटा पहिचान भएको छ भने विश्वभरीका लागि पनि इमान्दारिता, पारदर्शीता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित छ ।’ भनेर आफ्नाे भनाइ राखेका थिए ।

टुँडिखेलमा आयाेजित तमु ल्हाेसार कार्यक्रममा गुरूङ समुदायले आफ्नो संस्कृति झल्कने विविध खाले झाँकीहरू घाँटु, काैरा(चुड्का), सालैज्याे आदि नृत्यहरू नृत्य पस्केका थिए । तमु ल्हाेसारकाे एक दिने विदा नभई कम्तिमा तीन दिन राष्ट्रिय विदाकाे आवश्यक रहेकाे सहभागिहरूले जनाएका थिए ।

यस पटक तमु समुदायले बाघ ल्हाे(वर्ग)लाई विदाई गरि बिरालाे ल्हाेलाई स्वागत गरेकाे हाे ।


