हगंकगंका पत्रकारलाई रौनियारले फोटो खिच्न सिकाउन शुरु गरे

Read Time:1 Minute, 31 Second

६ जुलाई हंगकंग,
नेपाल पत्रकार संघ हंगकंगको आयोजनामा फोटो पत्रकारीता गरीरहेका पत्रकार र फोटो खिच्न सौखिनहरुको आवश्यकतालाई मध्यनजर राख्दै फोटो पत्रकारीता तालिम लिटल बर्ड किन्डरगाटेन हलमा शुरु भएको छ । कार्यक्रमलाई औपचारीकता दिदै संघका अध्यक्ष किसन राईले यो तालिमले हंगकंगबासी फोटो पत्रकार र सौखिनहरुलाई अवश्य पनि उनीहरुको इच्छानुसार फोटो खिच्न सक्षम बनाउने अपेक्षा गरे ।

कान्तिपुर प्रकाशनका बरिष्ट फोटो पत्रकार विकास रौनियारले प्रशिक्षण दिदै छन् । उनी नेपालमा मात्रै नभएर बिदेशमा पनि  फोटो पत्रकारीताको लागि प्रख्यात छन् । मन्तब्यको क्रममा फोटो पत्रकारीता समाचार लेखनकै एउटा पाटो हो र   फोटो आपैm बोल्छ । समाचारमा लेखको जत्तिकै फोटोको पनि महत्व हुने उनले बताए । समय  र सान्र्दभिक फोटोहरु महंगो मूल्यमा पनि विक्रि गर्न सकिने हुँदा यसलाई पेशा कै रुपमा पनि लान सकिने उनले बताए । २७ जना सहभागि उक्त प्रशिक्षण कार्यक्रम ६ दिनसम्म चल्नेछ ।

भीम बराही मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %