प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले कूटनीतिक राहदानी रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पक्राउ गरेका नेकपा एमाले सभासद नारदमणि रानालाई धेरैले मगर भएको बताए पनि उनी राना थारु हुन । सिआइबीले उनलाई अनामनगरबाट निकै दिनको अनुसन्धान र प्रमाणहरु प्राप्त भएपछि पक्राउ गरेको हो ।
कैलाली जिल्लाबाट संविधानसभामा समानुपातिक सभासद् भएका रानाले रातोपासपोर्ट दुरुपयोग गरेका समाचारहरु सप्रमाण विभिन्न पत्रपत्रिकामा आएपछि ब्युरोले उनको निगरानी सुरु गरेको थियो । रानाले आफूले नक्कली राहदानी नबनाएको र राहदानी दुरुपयोगको आरोप झुटो रहेको दाबी गर्दै आएका छन् । सभासद्हरु बिपी यादव र गायत्री शाहको नक्कली राहदानी बनाएका मनोज कार्कीले नै रानाको नक्कली राहदानी पनि बनाएको अहिलेसम्मको अनुसन्धानले देखिएको प्रहरीको दाबी छ ।
प्रहरीले फोरमका सभासद शिवपुजन रायको पनि ब्यापक खोजी गरीरहेको जनाएको छ ।
पासपोर्ट बेच्ने सभासद नारदमणि ‘राना’ मगर होइनन्
Read Time:1 Minute, 24 Second
