जनमुक्ति पार्टीको समिक्षा बैठक सम्पन्न

Read Time:8 Minute, 16 Second

काठमाडौं

२०७९ पुस ८

पूर्ण बहादुर राना


मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को दुई दिने समिक्षा बैठक राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्ग प्रसाद पालुङ्वा(के. पि.) लिम्बुको अध्यक्षता र पार्टी संस्थापक अध्यक्ष एवं संरक्षक एम. एस. थापाको विशेष उपस्थितिमा सम्पन्न भएको छ । बैठकले पार्टी ओरालो लाग्नुको कारण विभिन्न प्रकारको देशी विदेशी जालझेल र चलखेलले गर्दा पार्टीले यस्ताे क्षेति व्यहोर्नु परेको ठहर गरेको छ । समिक्षा बैठकमा अधिकांश वक्ताले पार्टी भित्रका नेता, कार्यकर्ताहरुको पनि कमिकमजोरी रहेको निष्कर्ष निकालेको छ । आगामी दिनमा पार्टीको केन्द्रीय तह, प्रदेश, जिल्ला तहका नेता कार्यकर्ता समर्पित भएर लाग्नु पर्ने बताएको छ ।

समिक्षा बैठकमा संस्थापक अध्यक्ष एम.एस.थापाले राजनीतिमा हारजित हुने बताए । हारजितमा अत्तालिन नहुने बताए । विश्व विजेता सिकिन्दर महान(Alexander the Great)ले पनि ईतिहासमा जर्मनी युद्धमा १७ पटक हार बेहाेर्नु परेकाे बताए । उनले विद्यार्थी,वकिल,डाक्टर,युवा, इन्जिनियर, मजदुर, ड्राईभर, उद्योग पेशा व्यवसायिका व्यक्तिहरूलाई संगठित गर्नु पर्ने बताए । अहिले सरकार प्रमुख शेरबहादुर देउवा, केपि ओलि, उपेन्द्र यादव, माधव नेपालहरु विद्यार्थी राजनीतिबाट आएकाले पार्टीले विद्यार्थी संगठन निर्माणमा विशेष ध्यान दिनु पर्ने बताए । विद्यार्थी संगठन विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्ने सचेत र बुद्धिजिवि जमात भएकोले यस संगठनलाई ध्यान दिइ अघि बढ्नु पर्ने बताए । अर्को प्रसङ्गमा थापाले अहिले मुलुकमा कुनै पनि दलले सरकार निर्माणको न्युनतम बहुमत प्राप्त नगरेकोले मिलिजुलि सरकार निर्माण हुने बताए । मिलिजुलि सरकार निर्माणले राजनीतिक अस्थिरता हुने बताए । राजनीतिक अस्थिरतामा कुनै पनि तानाशाहा जन्मन सक्छ । यसको सामना गर्न पहिचान पक्षधर बिच एकिकरण, गठबन्धन, तालमेल र मोर्चाबन्दि गर्न सशक्त रुपले लाग्नु पर्ने बताए ।


समिक्षा बैठकले कुरा होइन काम गर्नुपर्ने, बैठकमा गरेका निर्णयहरुलाई अक्षरस व्यावहारमा कार्यान्वयन गरिनु पर्ने, पार्टीको बृहत विकासको लागि सम्पूर्ण पार्टी शक्ति र पार्टीका भातृसंगठनहरूकाे सहि परिचालन गर्नुपर्ने निष्कर्ष निकालेकाे छ । भातृसंगठनहरू जनशक्तिको स्रोत भएकोले यि शक्ति(Force) हरुलाई उचित परिचालन गरिनु पर्ने जनाएको छ । पार्टीका सम्पूर्ण संगठनलाई परिचालन गर्नका लागि बलियो काेष(Fund) बनाउनु पर्ने र कोष निर्माण पश्चात पार्टीकाे केन्द्रीय तहदेखि प्रदेश, जिल्ला र वडा तथा इकाई समिति गठन गर्नका लागि गाउँशहरका क्षेत्र(Field) मा जाने र संगठन निर्माण(Form) गर्नु पर्ने निर्णय गरेको छ । पार्टीले बहुजातीय लाेकतान्त्रिक समाजवादकाे लक्ष्य लिएकाे तर राज्यकाे कुनैपनि निकायमा कुनै पनि जातिकाे एकाधिकार कायम रहँदा विराेध गर्न नसक्नु भनेकाे माेहि माग्ने ढुङ्ग्राे लुकाउने उखान चरितार्थ भएकाे वक्ताहरूले बताएका छन्। पार्टीका नेता र कार्यकर्ता समाज तथा जनताका शिक्षक हुन् । अबका दिनमा पार्टीको विचार, नीति, सिद्धान्त र दर्शनलाई व्यापक प्रचारप्रसार(Propoganda) गर्नका लागि विभिन्न तहमा संगठित नेता कार्यकर्तालाई पार्टी बिचार, निती, सिद्धान्त र दर्शनले सुसज्जित गर्न पार्टी शिक्षा(Schoolig) दिनुपर्ने कुरा उठेकाे थियाे । संगठन निर्माण पश्चात संगठनलाई परिचालन(Function) गर्न जनताकाे जनजिविका सम्बन्धि विषय र देशकाे समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिको ठिक समयमा ठिक निर्णय(Right time Right decision) गर्नुपर्ने बताएको छ । देश र जनताकाे अहित हुने काम भए तुरून्त याक्सनमा जानुपर्ने बताएको छ । पार्टी नेता कार्यकर्तासँग सम्पर्कमा(Follow up) रहन विभिन्न कार्यक्रम दिईरहनुपर्ने सहभागीले जनाए । सबै नेता कार्यकर्ताहरू एक ढिक्का भएर अघि बढे पार्टी शक्तिशाली(Formidable) हुने सहभागीले बताएकाे छ। बक्ताहरुले पार्टीले जुन समुदायको अधिकारको लागि लडेको छ त्यहि समुदायले वेवास्ता गरेकोले पार्टीको यो अवस्था आएको बताएका थिए । बैठकमा सहभागि युवाहरुले पार्टीको आमुल परिवर्तनको लागि विशेष महाधिवेशन वा पुर्नगठन गर्नका लागि विधान महाधिवेशन अविलम्ब तय गर्नुपर्ने बताएको छ ।

पार्टीको यो अवस्थामा पुग्नुको अनेकन कारण मध्ये प्रमुख नेतृत्व जिम्मेवार रहेको बताएको छ । सहभागीहरूले नेताहरू एकआपसमा निषेध र प्रतिशाेध गरेर तथा दाेषाराेपण गरेर पार्टीलाई हित नहुने बताएको छ । बक्ताहरूले सबैले आफ्नो नकारात्मक दम्भ त्यागी पार्टी, देश र जनताको हित र जितमा ध्यान दिनुपर्ने बताएको छ । बैठकले सबै नेता कार्यकर्ताले सामाजिक सञ्जाल(Social media)तथा अन्य क्षेत्रमा पार्टीलाई आघात पुर्याएकाे आ-आफ्नो कमजोरी भए कमजोरीकाे गम्भीर आत्मसमिक्षा गर्नुपर्ने र आफुलाई सच्याउँदै आगामी दिनमा दृढ सङ्कल्पित भएर अघि बढ्नु पर्ने ठहर गरेको छ । अध्यक्ष पालुङ्वाले बैठकमा उठेका विषयहरू पार्टी जिवनकाे लागि गम्भीर विषय भएकाले पार्टीले ठाेस निर्णय गरि सिघ्रातिसिघ्र कार्यान्वयन गर्दै जाने बताए । साथै अबका दिनमा हिजाे विभिन्न कारणले छुटेका टुटेका पहिचान पक्षधर व्यक्ति, समूह र संस्थाहरू सबैलाई पार्टीमा प्नवेश, समाहित र गाेबन्द गर्दै जाने बताए ।

बैठकले पार्टीका कार्यकारी अध्यक्ष केशब बहादुर थापा सुर्यवंशीका सासु आमाकाे निधन प्रती गहिराे दुःख व्यक्त गरेको छ। कार्यक्रम संचालन केन्द्रीय सचिव पूर्ण बहादुर रानाले गरेका थिए ।

3 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
0 %