लडाईमा पुच्छर लुकाएर भाग्ने पुलिसहरुको चुरीफुरी शुरु भो

Read Time:2 Minute, 40 Second

राज्यसत्ता ब्यूरो
हिंजो माओवादी द्धन्द्धमा साथीहरु धमाधम मारिइन थालेपछि राईफल र बिल्ला जंगलमा माओवादीलाई बुझाएर सुईकुच्चा ठोकेका भगुवाहरु माओवादी शान्तिप्रक्रियामा आएपछि भाग चाहियो भन्दै चुरीफुरी गर्न थालेकाछन् । हिंजो नाका कटेर देश जलिरहेको हेर्ने यी कायरहरु अहिले द्धन्द्धपीडितका नाममा संगठित भएकाछन् । माओवादीसंग लड्दा खुट्टा कपाउने यी कथित सुरक्षाकर्मीहरु माग भन्दै सरकारसंग भने मैदानमा लडिरहेकाछन् । केहि महिनाअघि यी भगुवा जत्थाले सशस्त्र संघर्ष गर्ने भन्दै बकम्फुसे धक्कु पनि लगाएकोथियो । तर सरकारले एउटा कानले सुनेर अर्कोले उडाइदिएपछि यी त्यसै बिलाएकाथिए ।
अहिले फेरि ति प्रकट भएकाछन् । प्रायश बाहुनहरुको जत्था रहेको यी भगुवा पुलिसहरु मध्ये धेरै काम भन्दा कुरो गर्ने खालका छन् । राईफल बोकेर मैदानमा खट्नुको साटो राईफल विद्रोहीलाई बुझाउने यस्तालाई अरु देशमा भए देशद्रोही भनेर उहिल्यै उडाइसक्थे तर यी निर्लज्जहरु उल्टै छाति फुलाएर राजनीति गर्न मैदानमा उफ्रिरहेकाछन् । नेपालमा जे पनि हुन्छ भनेको यहि होला ।
तिनको घुर्की अनुसार, उनीहरुलाई पुर्नबहाली नगरिए विभिन्न खालका संघर्षका कार्यक्रम गरिनेछ । सजिलो हुँदा जनताको राजश्व लुट्न मुख मिठ्याइरहेका यि भगुवाहरुले चरणबद्ध आन्दोलनको घोषणा गरि प्रेस बिज्ञप्ति छरेकाछन् ।
द्वन्द पिडित सेना प्रहरी राष्ट्रिय संघर्ष समिति काठमाडौंको,  सुर्यबहादुर घिमिरे संयोजकको नाममा वितरित प्रेस विज्ञप्तिमा संघर्षका घुर्की लगाइएकोछ । शुरुमा माओवादीको कार्यालयबाट शुरु गरिने भनिएको उक्त कार्यक्म अन्र्तगत  असार २१ गतेबाट ७ दिनसम्म रिले धर्ना, असार २८ गतेबाट ७ दिनसम्म रिले अनसन र त्यतिन्जेल पनि सुनुवाई नभए आमरण अनसन बस्ने लेखिएकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %