नेपाल आदिवासी जनजाति महासंघले राष्ट्रिय जनगणना २०६८ मा पक्षपात र लापरवाही भएको भन्दै गल्ती नसच्याए तथ्याँक स्विकार्न बाध्य नुहेन चेतावनी दिएको छ । तथ्याँक विभागका महानिर्देशकलाई बुझाइएको ८ बुँदे ज्ञापनपत्रमा जातको स्थानमा थर लेखेको रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेको आदिवासी जनजातिको गणना नगरिएको उल्लेख छ । आदिवासी जनजातिहरुलाई नदेखाई फारम भरेको र आदिवासी जनजातिको महल उल्लेख नभएको भन्दै उनीहरुले नतिजा अस्विकार गरेको हो ।
उनीहरुको पूर्ण माग यसप्रकार छ –
मिति २०६८ असार १९ गते
श्रीमान महानिर्देशक ज्यु
केन्द्रीय तथ्याङ्का विभाग
थापथली काठमाडौं
विषय ः जनगणना २०६८ को सन्दर्भमा तथ्याङ्का विभाग र गणकहरुद्धारा तथ्याङ्का संकलनमा गरेका गम्भिर त्रुटीहरुबारे ज्ञापनपत्र ।
महोदय
उपरोक्त संम्बन्धमा सर्वप्रथम जनगणना २०६८ अन्तर्गत संकलित तथ्याङ्का प्रति नेपालका आदिवासी जनजातिहरु विश्वस्त हुने आधारहरु तयार गर्न मिति २०६७ चैत्र १४ गतेका दिन नेपाल आदिवासी जनजाति महासंघले १२ वुदे ज्ञापनपत्र वुझाएको व्यहोरा स्मरण गराउन चहान्छु । उक्त ज्ञापनपत्रमा उल्लेख विषयहरु प्रति तथ्याङ्का विभागक गम्भिर नभएको र गणकहरुद्धारा तथ्याङ्का संकलनमा गरेका गम्भिर त्रुटीहरु आधारमा जनगणना २०६८ माथी विश्वस्त भन्दा अशंका बढी पैदा भएको तथ्यलाई औल्यउदै यो ज्ञापनपत्र पेश गरेकाछौ ।
१-खेतीपातीमा व्यस्तता र विकट ठाउँमा बसोबासका कारण जनगणनामा छुटेको ः कृषीमा जीवन आधरित आदिवासी जनजातिहरु असार महिनमा खेतपाती काममा व्यास्त भएको र गणकहरु सुगम गाउँहरुमा मात्र गएको हुनाले हिमाल पहाड र तराईका यातायात नपुग्ने अति विकट ठाउँमा भएका अधिकांश आदिवासी जनजाति जनगणना २०६८ मा छुटेकाछन् ।
२- अक्सर शव्दको कारण विदेशमा भएको संख्य उल्लेख नगरेको ः जनगणना २०६८ को विज्ञापनमा ूअक्सर संगै वसोवास गर्नेू भन्ने वाक्यशंले नेपालमा भएको आदिवासी जनजातिहरुले रोजगारीको शिलशिलमा विदेश गएका आपुना एकै परिवारको सदस्ष्हरु तथ्याङ्का उल्लेख गर्न नपर्ने सन्देश गएको हुनाले विदेशमा भएका सबै आदिवासी जनजातिको संख्य जनजगणना २०६८ मा समावेश भएनन् ।
३-थर भर्ने स्थानमा जात लेखेको ः गैर आदिवासी जनजाति गणकहरुले ‘थर’ लेख्ने ठाउँमा संम्बन्धित व्यक्तिको स्वीकृत विना आफैले ‘जात’ लेख्ने कार्य भएकाछन् ।
४- प्रश्नवालीमा व्यक्तिगत भन्दा जीवन स्तरको संम्बन्धि प्रश्नवाली प्रमुखता दिएको ः जनगणना २०६८ को प्रश्नावलीमा घर पानी बिजुली ग्याँसको प्रश्नहरुको शुरुमा नै उत्तर दिएर थकित भएको अवस्थामा अति महत्वपूर्ण व्यक्तिगत प्रश्नवाली उत्तर दिन उत्साहित नभएको देखिएकोले आदिवासी जनजातिको जात धर्म भाषा संस्कृति र जनसंख्यको सही तथ्याङ्का नआउने देखिन्छ ।
५-महल नं २ फाराम आदिवासीको विवरण समवेश नभएको ः जनगणनाको २ नं फारममा सुनियोजित तरिकाले आदिवासी जनजातिको विवरण लेख्न नदिने गरिएकोछ ।
६- व्यक्तिगत विवरण दिन डराएको ः जनगणन २०६८ को महत्वबारे आदिवासी जनजातिका गाउँ घरमा व्यापक प्रचारको कमीले गर्दा अपरिचित गणकहरुलाई आपुनो विवरण दिन डराएर जनगणना २०६८ मा सहभागी भएनन् ।
७- समानुपातिक प्रतिनिधित्व नभएको ः जनगणना २०६८ को लागि तथ्याङ्का विभागले सबै जिल्ल्ाामा सुपरभाईजर तथा गणक नियुक्तीमा आदिवासी जनजाति र आदिवासी जनजाति महिलाहरुको जनसंख्यको आधारमा ३७।८ प्रतिशत पूर्ण समानुपातिक प्रतिनिधित्व गरिएन ।
८-आदिवासी संम्बन्धि प्रशिक्षण नदिएको ः आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको प्रतिनिधिहरुद्धारा सुपरभाईजर तथा गणकहरुलाई आदिवासी जनजातिका संवेदनशिल तथ्याङ्काबारे अनिवार्य प्रशिक्षण दिने व्यवस्था गरिएन ।
९ – नदेखाई फारम भरेको ः धेरै गणकहरुले जनगणना २०६८ को फारम संम्बन्धित व्याक्तिलाई नदेखाई भरेकॊछ ।
१०– आदिवासीको मातृभाषामा प्रचार प्रसार कम भएको ः जिल्ला स्तरमा प्रचलित आदिवासी जनजातिको मातृभाषामा जनगणना २०६८ बारे जनचेतनमूलका प्रचार प्रसार खस भाषाको तुलानमा धेरैकम भयो ।
११ – गैर आदिवासी पठाएको ः आदिवासी सुपरभाईजर र गणक हुदा हुदै आदिवासी जनजातिको गाउँमा गैर आदिवासी जनजातिलाई पठाएको ।
यतिका धेरै कमि कमजोरी र त्रुटी सहित संकलित तथ्याङ्कबारे सत्यतथ्य अवलोकन गर्न र तथ्याङ्कालाई केन्द्रमा प्रशोधन गर्दा प्रविधिक तथा सुनियोजित षडयन्त्रबाट हुने गडबढी र छेडछाडलाई अनुगमन गर्न सबै सरोकारवालहरुको प्रतिनिधित्व भएको विश्वसनिय अनुगमन गर्ने संयन्त्र निर्माण गर्न जोडदार माग गर्दछौ । यदि हाम्रा मागहरुलाई वेवास्ता गरेमा र आदिवासी जनजातिका संगठनहरुले आपुनो सत्यतथ्य जनसंख्य पत्ता लगाउन गरिएका परिक्षण तथ्याङ्का भन्दा धेरै फरक तथ्याङ्का प्रस्तुत भएमा नेपाल आदिवासी जनजाति महासंघ जनगणना २०६८ तथ्याङ्कालाई स्वीकार्न बाध्य नहुने व्यहोरा अवगत गराउन चहान्छौ ।
राजकुमार लेखी थारु
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ
स्मरणीय छ : जनगणनामा प्रयोग हुने करिब १ लाख गणकहरु तथा स्वंयसेवकहरु प्राथमिक शिक्षकबाट राखिएकाछन् । नेपालको सरकारी विद्यालयमा शतप्रतिशत शिक्षक बाहुन क्षेत्री समूदायका छन् । तिनले आफ्नो जात बढाउन सदा झैं यसपटक पनि तिकडम गरेकाहुन् । नेपालमा आफ्नो जात बढी देखाउन यिनले सधै यो जालसाजी गर्दे आइरहेकाहुन् ।
