नेपाल मदिरा नीति साजालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शक्तिबहादुर बस्नेतलाई नेपालमा एक विस्तृत मदिरा नीति बनाइनुपर्ने माग राखेको छ । नेपाल मदिरा नीति साजालका सल्लाहकार प्रा डा मथुराप्रसाद श्रेष्ठको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र मार्फत यस्तो माग गरेको हो ।
ज्ञापनपत्रमा संयुक्त राष्ट्रसङ्घको २०११ सेप्टेम्बरमा हुने साधारणसभाको उच्चस्तरीय बैठकमा नसर्ने रोगको प्रमुख कारण मदिराको हानिकारक प्रयोगको विषयलाई उठान गरिदिन समेत आग्रह गरिएको छ । मन्त्री बस्नेतले ती ज्ञापनपत्र बुझ्दै नेपालमा एकीकृत मदिरा नीतिको खाँचो भएको र त्यसको तर्जूमाका लागि आवश्यक कदम चालिने आवश्सान समेत दिएका थिए ।
सन् २०१० मेमा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले पारित गरेको प्रस्ताव नं ६४\२६५ ले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको विषयमा छलफल गर्न सन् २०११ सेप्टेम्बरमा न्युयोर्कमा साधारणसभाको उच्चस्तरीय बैठक राखेको हो । उनीहरुले आफ्नो माग पुरा नभए विभिन्न दवाव मुलुक कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।
