पाल्पामा एक साताको अवधिमा एक महिला पत्रकार सहित ५ जनाले आत्महत्या गरेका छन् । असार ४ देखि ११ गते सम्ममात्रै ५ जनाले आत्महत्या गरेका छन् । पछिल्लो समय जिल्लामा आत्महत्याको क्रम डरलाग्दो गरी बढीरहेको छ ।
एक वर्षको अवधिमा ६६ जनाले आत्महत्या गरेका छन् । २०६७ श्रावण १ देखी २०६८ असार १२ गते सम्म ४१ जना पुरुष र २५ जना महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार ३६ जनाले झुण्डिएर, २५ जनाले बिषसेवन गरेर र बाकीले नदीमा हाम फालेर फालेर आत्महत्या गरेका हुन् ।
आत्म हत्या गर्नेमा पत्रकार, कर्मचारी, शिक्षक, बिधार्थी, गृहणी महिला लगाएत छन् । आत्महत्या गर्नेमा शहरमा भन्दा गाउँमा वढी र अधिकांश १५ देखि ५० वर्ष उमेर समुहका छन् । आत्महत्या गर्ने व्यक्ति नै नभएको अवस्थामा कारवाहिको प्रकृया अगाडी वढाउन नमिल्ने कानुनी प्रावधानले गर्दापनि घटनाको विषयमा अनुसन्धान हुन सकिरहेको छैन ।
आत्महत्याका घटना बृद्धी हुनमा पारिवारीक सम्वन्ध, गरीबी, निराशा, बेरोजगारी, असफल प्रेम, मानसिक तनाव, चेतनाको कमि लगायत छन् । पाल्पामा पारिवारीक सम्वन्ध विग्रीनु, प्रेममा असफता र आर्थिक अवस्था आत्महत्याका प्रमुख कारण रहेको बताईएको छ ।
सानो कुरामा हरेशखाने, छिटो आबेसमा आउने र आफ्नो मुल्याङ्कन आफै गर्न नसक्नेहरुले आत्महत्या गर्ने गरेको पाइएको छ । विदेशमा रहेका श्रीमानले बजारमा वसेर छोराछोरी पढाउन श्रीमतीहरुलाई पैसा पठाउने र पछि आएर त्यसको हिसाव खोज्नु पनि आत्महत्याको कारण वनेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा संचारको सुविधा सगंै बढ्दो मोवाइलको प्रयोगका कारण पारिवारीक सम्वन्ध विग्रीने, विभिन्न गीत संगीतमा प्रयोग भएका शब्दहरु र चलचित्रका काल्पनीक दृश्यको देखासिकीले गर्दा आत्महत्या गर्न प्रेरीत गर्ने हुदा यसलाई नियन्त्रण गर्न जरुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक गोविन्द थपलीयाले बताएका छन् । आत्महत्याको क्रम बढ्दै गएपछि अविभाकहरुलाई सचेत गराउने, पारिवारीक सम्वन्ध सुधार लगायतका विषयमा सचेतना कार्यक्रमहरु आगाडि वढाउने योजनामा प्रहरी रहेको उपरिक्षक थपलीयाले बताए । नेपालमा प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्ककले देखाएको छ ।
देब पचभैया पाल्पा
