निर्दयी मुसलधारेले जोवनमै हर्यो ज्यान

Read Time:2 Minute, 42 Second

पाल्पा, १७ असार
केहि दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएको पहिरोमा परि पाल्पामा ३ जनाको ज्यान गएको छ । जिल्लाको पालुड मैदानी गाविसको दमकामा पहिरोले गोठ बगाउदा दुई जना युवतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गोठमा सुतिरहेका २० वर्षिय सृजना विक र २५ वर्षिय सुनिता विकको विहीवार राती पहिरोले बगाउदा मृत्यु भएको हो । पहिरोमा परि गोठमा रहेको एउटा भैसी समेत मरेको प्रहरीले बताएको छ ।
यसै बिच विहीवार साझं  बुटवल–पाल्पा सडक खण्डको सिसुवामा माथीवाट खसेको ढुङगाले लागेर लु ५ प १२७ नम्वरको मोटर साइकलमा सवार रुपन्देहीको मधवलीयाका ३० वर्षिय धर्म प्रसाद भण्डारीको ज्यान गएको थियो ।
यता, पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल– पाल्पा सडक खण्डको विभिन्न स्थानमा माथिवाट ढुङ्गा खसेकोले नियमीत रुपमा यातायात संचालन हुन सकिरहेको छैन । त्यसैगरि राम्दि र्वतुङ खण्डमा पनि यातायात सुचारु हुन सेकेको छैन । पाल्पाको माथिल्लो सिद्धबाबा नजिकै गएराति झरेको पहिरोे हटाए पनि अन्य स्थानमा माथिबाट खसेका ढुङ्गाले यातायात नियमीत हुन नसकेको हो ।
यसैगरि अर्घाखाँची देखि छहरा हुदै तानसेन आउने सडक खण्ड, रामपुर आर्यभञ्ज्याङ सडक खण्ड, रिडी तानसेन सडक खण्ड लगायत जिल्लाका ग्रामीण क्षेत्रबाट सदरमुकाम तानसेन जोड्ने सडकहरुमा पनि यातायात सुचारु हुन सेको छैन ।
लगातारको वर्षाका कारण माडीफाट ताल वनेको छ भने फाटका फेदी,दोहारा र बद्वारी क्षेत्रमा भल सहितको वाढी पसेर भरखर लगाएको धान पुरीएको छ । वर्षाका कारण रिभरभ्याली वोर्डीङ स्कुल, दिव्यज्योति उच्चमावीको प्रथम त्रैमासीक परिक्षा स्थगीत भएको उच्च मावीका प्राचार्य नारायण अधिकारीले वताए ।

देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %