पूर्ण बहादुर राना

काङ्ग्रेस कम्युनिस्टलाई भोट नहाले
बेथिति र भ्रष्टाचार हुँदैन
काङ्ग्रेस र कम्युनिस्टलाई भोट नहाले
बिचौलिया र दलालि रहँदैन
बलात्कार, अनैतिक, अन्याय र अत्याचार हुँदैन ।
सुर्य र रूखमा भोट नहाले
नदिनाला देश बेचिदैंन
जडिबुटी, जल, जन जंगल जमिन जोगिन्छ ।
सुर्य र रूखमा भोट नहाले
बहुजातीय देशमा
एकल जातिको शासन हुँदैन ।
रूख र सुर्यमा भोट नहाले के हुन्छ
मातृभाषाहरू मर्दैन
हिन्दु ईतर धर्म संस्कार मर्दैन ।
अनि सुन त
तिमीले रूख सुर्यमा हालेको भोटले
तिम्रै भाषा मार्यो, तिम्रै धर्म संस्कार मार्यो
तिम्रो सुर्य र रूखको भोटले
तिम्रो अर्थनीति, राजनीति मार्यो
तिमीले हालेको रूखसुर्य हँसियाहथौडा
हलो र गिलासको भोटले
तिम्रो राज्यसत्ता मार्यो ।
तिमीलाई विदेशीन बाध्य पार्यो
तिमीलाई भिकारि र मगन्ते बनायो ।
तिमि निर्दोष हुँदाहुँदै
यी हत्यारा पार्टीलाई सहयोग गरि
अनायासै तिमी महाहत्यारा बनिरह्यो ।
त्यसैले
घरमा चिन्हमा भोट हालौं
घरमा भोट हाले
मातृभाषा अध्ययनअध्यापनको लागि
बजेट बिनियोजन हुनेछ
घर चिन्हमा भोट हाले
मातृभाषा सरकारी कामकाजको भाषा हुन्छ
एकल जातिय शासन अन्त्य भई
बहुजातीय शासन लागू हुन्छ ।
जनमुक्तिलाई भोट हाले
भ्रष्टाचारको सट्टा सदाचार
बेथितिको सट्टा थिति हुनेछ
घरमा भोट हाले
बेरोजगार बन्ने शिक्षाको सट्टा
रोजगार बन्ने म्यान्युफ्याकचरिङ शिक्षा
प्राविधिक बैज्ञानिक र व्यावहारिक शिक्षा लागू हुनेछ
घरमा भोट हाले
उद्योग धन्दा, कलकारखाना खुल्नेछ
खानी उत्खनन र पानी जवानीको सदुपयोग हुनेछ ।
हेर त
घरमा भोट हाले
भ्रष्टाचारी र बलात्कारीलाई
कि स्वर्गवास वा नर्कवास कि काराबास हुनेछ ।
घर चिन्हमा भोट हाले
नेपालमा रहेका सबै जातिले
कोहि हार्ने कोहि जित्ने नभई
सबै जातिको जित जित हुनेछ ।
सबै जातिलाई
लोकतान्त्रिक समाजवाद आउनेछ
सबै जातिले न्याय पाई
देश शान्ति र समृद्ध हुनेछ
बल्ल नेपाली खुसि र सुखि हुनेछ ।
तर तिमीले घर चिन्हमा भोट नहाले
तिम्रो सर्वस्व सहित सत्ता गुम्नेछ
कालान्तरमा तिमी
भाषा, धर्मसँस्कार बिहिन
र अस्तित्व बिहिन हुनेछ ।
त्यसकारण
घरमा भोट हाले
तिमी नीति निमार्ण तहमा
शासन प्रशासनमा मालिक बन्नेछ ।
तिमीले तिरेको कर, रेमिट्यान्स भोटको
सहि सदुपयोग हुनेछ ।
अब त घर चिन्हमा भोट हाल्ने बेला भएन र?
