पाल्पा, असार १५
पाल्पा—गुल्मी सडक खण्ड अन्तर्गत जोर्तेमा ट्रक दुर्घटना हुँदा चालक मकवानपुर पदम पोखरीका ४० नबराज घलान र नाम नखुलेका सहचालक को मृत्यु भएको छ । चालक को घटनास्थलमै र सहचालकको उपचारको क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको हो । आज बिहान करिव ८ बजे खसेको ट्रकका यात्रुलाई स्थानीयले उद्दार गरेका थिए । मुसल्धारे पानी परेका कारण प्रहरी उद्दारका लागि घटना स्थल पुग्न ढिलाई गरेको थियो ।
गुल्मी मजुवामा पुल निर्माणका लागि सामान लिएर जाँदै गरेको ना २ ख ८५०५ नम्बरको ट्रक पल्टेर जोर्ते मन्दिरको अग्लो पहाडमा अड्केर झुण्डिएको अवस्थामा रहेको प्रहरीले बताएको छ । दुर्घटना पछि पाल्पा—गुल्मी सडक केही बेर अवरुद्ध बनेको थियो । प्रहरीले घटनाको स्पष्ट विवरण आईनसकेको बताएको छ ।
देब पचभैया
