पूर्ण बहादुर राना
काठमाडौं ,२९ मङ्सिर, २०७८
राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव गोरे बहादुर खापाङ्गीका जेष्ठ सुपुत्र शिलाजित खपाङ्गी लिबरल डेमेक्रेटिक पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय सदस्यमा मानोनित भएका छन् । संस्थापक महासचिव गोरे बहादुर खपाङ्गी लगायत अन्य नेताहरुले २०४७ साल वैशाख २३ गते राष्ट्रिय जनमुक्ति पार्टी स्थापना गरेका थिए ।
जातीय मुक्तिका प्रणेता एवं प्रवर्तक गोरे बहादुर खपाङ्गी बहुजातीय देशमा कायम रहेको जातीय निरंकुशता अन्त्य गर्दै बहुजातीय सरकार स्थापना गर्नका लागि पुर्व मेची पश्चिम महकाली अहोरात्र आफ्नो महत्वपूर्ण जिवनको ४० वर्ष भन्दा बढि समय खटेका थिए । खपाङ्गीले मनुस्मृतिको आधारमा स्थापित समाजमा उँच निच र ठूलो जात र सानो जात हुने भएकोले यस्तो मुलुकमा जातीय समस्या प्रधान समस्या हुने भएकोले वर्गिय मुक्ति भन्दा जातीय समस्या पहिला निराकरण गरिनुपर्ने धारणा व्यक्त गरेका थिए । उनले जनमुक्ति विचारधार र खपाङ्गी विचारधारामा “वास्तवमा जातीय समानुपातिक प्रतिनिधित्व भनेको विविध जाति बिचको राष्ट्रिय सम्झौता(National Contract) हो” भनेका छन् ।
जातीय समानुपातिक प्रतिनिधित्व राज्यको हरेका निकाय र तहमा लागु गर्नका लागि पैरवी गरेका गोरे बहादुर खपाङ्गीले आफ्नो व्यक्तिगत र पारिवारिक जिवन प्रवाहा नगरी आफ्नो जिवनको अन्तिम क्षणसम्म सामाजिक र राजनीतिक जिवन बिताएका थिए ।उनै गोरे बहादुर खपाङ्गीका छोरा शिलाजीत खपाङ्गीलाई राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारिणी अध्यक्ष केशव सुर्यवंशीले स्वागत गरी केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । पार्टी प्रवेश तथा बधाई कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मान बहादुर राई, सहकोषाध्यक्ष धन केशर सुर्यवंशी, अनुगमन सदस्य सञ्जोग लाफा र पार्टी सचिव एवं नेपाल विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर राना उपस्थित थिए ।