सुवास नेम्वाङ्गले संविधान बन्न दिएन- गजुरेल

Read Time:2 Minute, 9 Second

एकीकृत नेकपा माओवादी सचिव सिपी गुजुरेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गका कारण संविधान निर्माण हुन नसकेको बताएका छन् । काठमाडौंमा असार १२ गते आयोजित कार्युत्रममा सचिव गजुरेलले विषयगत समितिले तयार पारेको मस्यौदा प्रतिवेदन नेम्वाङ्गले छलफलका लागि नपठाएको बताएका छन् । १३ महिनासम्म नेम्वाङ्गले प्रतिवेदन रोकेकाले मुलुकले नयाँ संविधान नपाएको उनको भनाई छ ।

कार्यक्रममा संविधान अध्यक्षको गल्ती बाँकी ६०० सभासदले बोक्नु परेको गजुरेलले ठोकुवा गरे । नेम्वाङ्गको गल्तीका कारण सभासदहरुको जनताले किरिया गरेको बाटोमा हिँड्दा चड्कान हानेको र सभासदको लोगो नै लुएकार हिँड्नु परेको उनको दाबी थियो । अध्यक्ष नेम्वाङ्गले सहमति सहमति भनेर संविधान निर्माण जस्तो महान जिम्मेवारीलाई प्राथमिकतामा नपारेको समेत सचिव गजुरेलको भनाई थियो ।

आफ्नो अधिकार माग्न भद्र तरिकाले संसदमा आवाज उठाएका पिछडिएका समुदायको चार सभासदलाई तथाकथित कारवाही गरेका नेम्वाङ्गले संविधानसभाको वैठकमा नआउने क्षेत्री वाहुन समुदायका सभासदलाई भने सम्मान गरेर राख्ने गरेका छन् । संविधान नियमावलीले लगातार १० पटक वैठकमा अनुपस्थित सभासदको पद खारेज गर्ने अधिकार नेम्वाङ्गलाई दिएको छ । तर उनले यस्तो नियम उल्लघंन गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस नेता शेरबहादुर देउवा लगायतका नेतालाई भने कारवाही गर्ने आँट गरेका छैनन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %