एमएस थापाको प्राथमिकतामा हुम्ला, जुम्ला

Read Time:1 Minute, 22 Second

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापा मगरले हुम्ला जुम्लालगायतका क्षेत्रमा बाटोघाटो पुर् याउनुपर्ने बताएका छन् । व्यवस्थापिका संसदको बैठकमा आव २०६८\०६९ को विनियोजन विधेयक पेस गर्नु पूर्व बजेट तयारीका लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भईरहेको  छलफलमा नेता थापाले यस्तो धारणा राखेका हुन ।

वैठकमा बोल्दै नेता थापाले हुम्ला जुम्लाका बासिन्दाको जीवनस्तर उकास्ने कार्यक्रम बजेटमा समेटिनुपर्नेमा जोड दिए । हिमाली क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके नेपाल भ्रमण वर्ष २०११ सफल हुने मात्र नभई मुलुकले दीगो आर्थिक समृद्धि हासिल गर्ने उनको भनाई थियो ।  थापाले मध्यपहाडी क्षेत्रलाई फलफूल तथा तराईलाई कृषि क्षेत्रको रुपमा विकासीत गर्नुपर्ने कुरा बजेटमा समावेश गरिनुपर्ने धारणा राखे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %