
गाई काटेको निहु पारेर प्रहरीले पक्राउ गरेका व्यक्तिलाई भेट्न गएका नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पालाई बौद्ध प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका व्यक्तिलाई भेट्न जानेलाई थुन्ने कानुन संसारै नभएपनि सरकारले विना कारण जनजाति नेतालाई पक्राउ गरेको हो ।
जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘ सरकारको यो पागलपूर्णनिर्णयबाट जनजाति महासंघ स्तब्ध र आक्रोशित भएको छ ।’ उनलाई विनाशर्त तत्काल रिहा नगरे महासंघले कडा प्रतिवाद गर्ने लेखीले बताएका छन् ।
पत्रकार खिलानाथ ढकाललाई मार्ने उद्देश्यले आक्रमण गरेका अपराधी खुलेआम घुम्दामा पनि केही पक्राउ नगरेको सरकारले शेर्पालाई भने कुनै कारण विना पक्राउ गरेको छ । उनी गाई काटेको निहुमा प्रहरीले पक्राउ गरेका इन्द्रबहादुर तामाङ्ग, चन्द्र बुढाथोकी, राजु लामा र दावा मोक्तानलाई भेटन् गएका थिए ।
पक्राउ पर्नु भन्दा केहिदिन पहिला शेर्पाले निकालेको प्रेस विज्ञप्ती
श्रीमान अध्यक्षज्यु तथा महासचिवज्यु
सबै जातिय संगठनहरु तथा संम्बन्धन प्राप्त संगठनहरु
यहि असार १३ गते सोमाबार विहान ११ बजे नयाँ बानेश्वर चोकमा सबै संगठनहरुले कम्तिमा ५० जना सहभागिहरु सहित उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु । सो दिन संसदको वैठक बस्ने भएकोले चौपाय संरक्षण विधेयक अन्तर्गत गाई गोरुको मासु खाएमा जेल सजाय दिने विधेयक खारेजको माग गर्दै १०० वटा चौपायहरु फोटो बोकेर एक घण्टे धर्ना दिने कार्यक्रम छ । उक्त दिन संसदको वैठक बस्दैछ । उक्त धर्ना कार्यक्रममा सभासदज्युहरु आदिवासी जनजाति दाज्युभाई तथा दिदिवहिनीहरु न्यायप्रेमी जनसमुदाय तथा आदिवासीका सबै संघसंस्थाहरुको सहभागिता समर्थन र ऐक्यवद्धताका लागि हार्दिक निमन्त्रणा गर्दछु ।
आङ काजी शेर्पा
महासचिव
नेपाल आदिवासी जनजाति महासंघ
थप जानकारीका लागि राज्यसत्ता डटकम हेरिरहनु होला
