थुनामा रहेका १० मध्ये १ महिलालाई शारीरिक यातना

Read Time:2 Minute, 16 Second

विभिन्न कारणले थुनामा रहेका हरेक १० मध्ये १ महिलालाई प्रहरीले शारीरिक यातना दिने गरेको एक अध्ययनले देखाएको छ । एड्भोकेसी फोरम नेपालले असार ११ गते काठमाडौंमा सार्वजनिक गरेको   ‘हिरासतमा महिलाविरुद्ध यातना’ ले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

प्रतिवेदन २० जिल्लाका ६७  थुनास्थलमा नियमित रुपमा गरिएको अनुगमनपछि सार्वजनिक गरिएको फोरमका अध्यक्ष मन्दिरा शर्मा बताउँछन् । यातना पीडितको लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा फोरमद्वारा प्रकाशित नामक प्रतिवेदन पर्यटन तथा नागरिक उड्डयन एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्री खड्गबहादुर विश्वकर्माले सार्वजनिक गरेका हुन ।

स्पष्ट कानुनको अभाव तथा भएका कानुनसमेत कार्यान्वयन नगरिँदा दण्डहीनता मौलाएको प्रतिवेदनको निश्कर्ष  छ ।  सन् २०१० मा पहिलो छ महिनालाई पछिल्ल् ६ महिनासँग तुलना गरेर हेर्दा हिरासतमा महिलालाई यातना दिएका घटनामा तीब्र वृद्धि भएको प्रतिवेदनमा जनाइएको  छ ।फोरमले सो वर्ष ३४५ जना महिलालाई देशको विभिन्न हिरासतमा भेटेकोमा १० दशमलव ४ प्रतिशत महिलाले आफूविरुद्ध यातना भएको बताएका थिए ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष नैनाकला थापा मगरले अपराध अनुसन्धान पद्धति पुरानो र अव्यावहारिक भएकाले यातनाका घटनामा कमी नभए धारणा राखिन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव विशाल खनाल, राष्ट्रिय दलित आयोगका सदस्य गोविन्द नेपाली,  द्वन्द्वपीडित नेपालका जनक रावतलगायतले महिलामाथि हुने िहंसा अन्त्यको माग गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %