केवी राना मगर प्रहरी प्रमुख हुने निश्चित जस्तै भो

Read Time:2 Minute, 23 Second

काठमाडौ, अषाढ ८

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा कुवेरसिंह राना मगरलाई बढुवा गरेको छ । रविन्द्रप्रताप शाह प्रहरी महानिरीक्षक भएपछि उक्त पद रिक्त थियो ।  उनलाई महानगरीय प्रहरी आयुक्तको जिम्मेवारी पनि दिइएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नायव महानिरीक्षक (िआईजी) हरु मध्येका वरियताक्रममा एक नम्बरमा रहेका रानाको बढुवा गरिएको हो । महानगरीय प्रहरी आयुक्त रहेका अर्जुनजङ्ग शाही सुडान काण्डमा मुछिएर निलम्बित भएपछि उक्त स्थान खाली रहेको थियो । एआईजीमा बढुवा भएका राना प्रहरीभित्र क्षमतावान र स्वच्छ छविका रुपमा चिनिन्छन् । केहि महिनापछि हाल पदोन्नति भएर प्रहरी प्रमुख भएका शाहको उमेर हदले अवकाश पाउनेछन् । त्यसपछि नंवर एकमा रहेका रानाको महानिरीक्षक हुने बाटो खुलेको छ ।  नेपाल प्रहरीमा सबैभन्दा क्षमतावान र इमान्दार छविको रुपमा ख्याति कमाएका राना यसअघि प्रहरीको जासुसी विभागमा लामो समयसम्म काम गरेकाहुन् । विवादास्पद र अनुसन्धनात्मक मुद्दा हेर्ने जिम्मा उनलाई नै दिइन्छ ।

उनलाई केहि मानवअधिकारकर्मीले पूर्वी तराईमा भएको एउटा काण्डमा दोषी रहेको भन्दै मानवअधिकार विरोधि भनि विरोध गर्दे आएकाछन् । तर उनी नभई उक्त काण्डमा तत्कालिन सेनाका अधिकृतहरु संलग्न रहेको अध्ययनले खुलेकोथियो । गत साल राष्टपतिबाट उनलाई दिइएको पदकको त्यसै कारण विवाद भएकोथियो । पाल्पाका राना हाल काठमाण्डौमा स्थायी बसोबास गर्छन । उनको रुपन्देहीमा पनि घर छ ।
मगर समूदायबाट प्रहरी प्रमुख हुने उनी तेश्रो ब्यक्ति हुन् । यसअघि खड्गजीत बराल र रोमबहादुर थापा प्रहरी प्रमुख भएका छन् ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %