नाङसाल क्लब नेपालले तामाङ साचारकर्मीहरुलाई सम्मान गरेको छ । रेडयो सचार माध्यममार्फत तामाङ भाषा संस्कृति र साहित्यमा योगदान पुर्याएवापत दुई दर्जन साचारकर्मीलाई राजधानीमा सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा रेडियो नेपालका इन्दिरा थिङ र रमिता बल, मेरो एफएमका जगत दोङ, मेट्रो एफएमका तीर्थमान बल र शिक्षाशान्ति वाइबा रेडियो मिर्मिरेका सचु ब्लोन, रेडियो सगरमाथाका बुद्ध योजन, भक्तपुर एफएमका मोहन दोङ र हिरालाल दोङ, उज्यालो एफएमका सूर्य मोक्तान र शान्ति दोङ, सीटीजन एफएमका दीपेन्द्र दोङ, रेडियो उपत्यकाका पाण्डव ग्लान र रेडियो नमोबुद्धका शिशिर दोङ, हिरामान बल, जगतमान बल, गंगा दोङ र शान्ति वाइबा लगायत छन् ।
कार्यक्रममा विगत ९ वर्षदेखि प्रकाशन हुदै आइरहेको छारगोङमा मासिकका सम्पादक प्रतीक ङेसुरलाई पनि सम्मान गरिएको थियो । नेपाल तामाङ घेदुङका नवनिर्वाचित अध्यक्ष कुमार योाजन क्लबका अध्यक्ष हिक्मतसिँ वाइबा र लामा गूरु ङवाङ लोप्चनले संयुक्त रुपमा टिका खादा र कदरपत्र हस्तान्तरण गरेका थिए ।
नाङसाल क्लब विभिन्न एफएमहरुमा प्रसारित तामाङ भाषाका कार्यक्रमहरुलाई गुणस्तर बनाउन र सहयोग गर्ने उद्देश्यले हालै स्थ्ापना गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कुमार योजन तामाङ तामाङ, सचार समूहका अध्यक्ष जगत दोङ तामाङ, स्रष्टा समाजका अध्यक्ष इन्द्रराम मोक्तान, रेडियो नमोबुद्धका अध्यक्ष फूलमान वल, नेपाल तामाङ राष्ट्रिय महासंघका महासचिव श्याम तामाङ, नेपाल तामाङ घेदुङका सचिव प्रतीक ङेसुर, भाषाविद् अमृत योाजन इन्दिरा थिङ लगायतले मन्तब्य राखेका थिए ।
