पुन समाज नेपालमा द्धन्द्ध ,पुन मगर हैनन् भन्नेहरु अल्पमतमा

Read Time:4 Minute, 32 Second

पुनको भाषा, धर्म, संस्कृति र संस्कार छुट्टै भएकोले उनीहरु मगर हैनन् भन्दै आएको पहिला पुन मगर समाज (पछि पुन समाज नेपाल) का नेताहरुबीच बिचारको मारामार भैरहेको समाचार प्राप्त भएकोछ । पुनलाई मगर हैनन् भन्नेमा त्यसका महासचिव खेमन सेर्पुजा प्रमुख थिए । उनी त्यस संस्थाका महासचिव हुन् । उनी यसअघि नारायणसींह पुनका पार्टीमा सदस्य थिए । अहिले उनी अल्पमतमा परेको बताइनछ ।
उनले सोझा साझा भूपू बृद्धहरुलाई गलत ब्याख्या गरी रातारात भेला बोलाई पुन मगर समाजको नाम परिवर्तन गरि पुन समाज नेपाल राखेकाथिए । उनलाई साथ दिने एमाले कास्कीका सक्रिय कार्यकर्ता तिलक पुर्जा थिए । पुन समाजका उनी केन्द्रिय सदस्य तथा  संगठन सचिव हुन् । यी दुई मिलेर लाखौं पुनहरुलाई मगर होइनौ है भन्दै बिखण्डनको राजनीति गर्दे आइरहेकाथिए । र, सोझासाझा पुनबाट मोटो रकम उठाउदै मोज गरिरहेकाथिए ।  अध्यक्ष केशर पुर्जा विदेश शयरमा गएको मौका छोपी यी दुईले आँउदो जनगणना २०६८ मा जातमा पुन लेखाउने, धर्ममा प्राकृतिक र भाषामा खाम लेखाउन अनुरोध गरेकाथिए । त्यसबारे मिडियामा पनि ठूलो प्रचारवाजी गरेकाथिए ।

यसअघि आदिवासी सूचिकरणताका पुन छुट्टै जाति हन् भन्दै यो संस्थाको झण्डामुनी सोझा पुनहरुलाई गोलबन्ध गरेर राजधानीमा शक्ति प्रदर्शन पनि गरेकाथिए । यसका नाइके पनि यी दुई थिए ।तर त्यसका संयोजक डा ओम गुरुहढले पुन मगर हैनन् छुट्टै जाति हुन् भन्ने आधार नदेखिएकोले छुट्टै जातिमा सूचिकरण गर्न नसकिने बताएकाथिए ।
राज्यसत्ता डटकमले शुरु देखि नै यसबारे सत्यतथ्य समाचार प्रकाशित गर्दे समूदायलाई सजग र सचेत बनाउदै आइरहेकोछ । हुन पनि गजब थियो । एकातर्फ नेपाल मगर सेर्वुजा समाजले आफुहरु मगर भएकोले सेर्वुजा पुन हैनन् भन्दै आन्दोलन गरिरहेकाछन् भने अर्कोतर्फ खिमन सेर्वुजाले पुनहरु मगर हैनन् भन्दै हिडिरहेकाथिए । यस्तो षड्यनत्र उनले किन गरिरहेकाथिए भन्ने कुरा सहितको यो तथ्य पनि राज्यसत्ताले बाहिर ल्याएकोथियो ।  
पुन समाज नेपालका सचिव खेम गर्वुजा एमाओवादी पार्टीको भातृसंगठन मगरात मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हुन् । उनले ४ असारमा प्रसारित गरेको बिज्ञप्ति अनुसार पुन समाजले मगर हैनन् भनेको होइन । त्यो केहि ब्यक्तिको लहड हो भन्ने आशय बिज्ञप्तिमा देखिन्छ । बिज्ञप्तिमा आपस्तमा फुट रहेको प्रष्ट देखिन्छ । सदा महासचिवले को नाममा बितरण हुने बिज्ञप्ति यसपटक सचिवको नाममा बितरण गरिएकोछ । विज्ञप्तिको पूर्ण पाठ तल पढ्नोस् ।
यो आन्तरिक विवादले के रुप लिन्छ तर पुनहरु मगर नै हुन् भन्ने यथार्थ भने समाजका नेताहरुले पनि आत्मसात गर्न थालेकाछन् । यो त्यसै भएको होइन । यसका लागि पुन समाजका बौद्धिक र सर्वसाधारणहरुले तिनको दिमागमा यो कुरा घुसाउन लामो संघर्ष गरेकाछन् । राज्यसत्ताले चलाएको पुन मगर विवाद समबन्धको लामो श्रृखंला पढ्न सक्नुहुन्ेछ । त्यहाँबाट यो विवाद बारे सम्पूर्ण कुरा थाहा पाउन सकिन्छ । यसबारे थप जानकारी पनि राज्यसत्ताले दिंदैं जानेछ ।

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %