नेपाल मगर लेखक संघको असार ११ गते राष्ट्रिय भेला हुने भएको छ । भेला काठमाडौं कलंकीस्थित नेपाल मगर संघको भवनमा हुन लागेको हो ।
संघका उपाध्यक्ष विष्णुकुमार सिँजाली मगरले भेलामा सम्पूर्ण मगर लेखकहरुलाई सहभागी हुन आव्हान गरेका छन् । मगर लेखकहरुको हक हित र मगर लेखनीको वृति विकासका लागि संघ गठन भएको सिँजाली बताउँछन् । भेलाले नयाँ कार्यसमिति समेत चयन गर्ने उनले राज्यसत्ता डटकमलाई जानकारी दिए ।
