राष्ट्रिय जनमुक्ति पार्टी, पाल्पाले एम सि सि बिरुद्ध खबरदारी कार्यक्रम गर्र्यो

Read Time:1 Minute, 20 Second

पाल्पा, भाद्र ३
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति पाल्पाको आयोजना र तनसेन नगर समितिको ब्यबस्थापनामा एम सि सि बिरुद्ध खबरदारी कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला उपाध्यक्ष थमन अस्लामी को अध्यक्षता भएको सो बिरोध तथा खबरदारी कार्यक्रममा बोल्दै पार्टीका संघीय परिसद सदस्य गिता सारुले एम सि. सी खारेजी हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष झम गुरुङ्ग, राष्ट्रिय मुश्लिम परिषदका महासचिब मोजिब अली, लुम्बिनी प्रदेश संचार बिभाग प्रमुख तथा जनमुक्ति युवा महासंघ केन्द्रिय सचिब रोशन अस्लामी मगर लगायतका बक्ताहरुले एम सि.सी बिरुद्ध बोलेका थिए ।

तानसेनको आन्दोलन चोकमा भएको सो बिरोध कार्यक्रम, जिल्ला सचिब दिल बहादुर थापाको संचालन र समापन उपाध्यक्ष थमन अस्लामी गर्नुभएको थियो ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %