काठमाण्डौं, भाद्र २
सामाजिक एवम् राजनैतिक अगुवा गोरे बहादुर खपाङ्गीको ५ औं स्मृति दिवसका अवसरमा बिभिन्न कार्यक्रम हुने भएको छ । गोरे बहादुर खपाङ्गी फाउण्डेशनको हालै सम्पन्न भर्चुअल बैठकले यही भाद्र ११ गते बेलुकी ७ देखि ९ बजे भर्चुअल रुपमा कार्यक्रमको आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष हुम बहादुर थापा (पचभैया) ले जानकारी दिनुभयो ।

स्मृति दिवस मनाउनका लागी विभिन्न उपसमिति निर्माण गरि अघि बढेको अध्यक्ष थापाको भनाई छ । नेपाल मगर संघ लगाएत बिभिन्न जातिय संघ संस्थाहरुको समेत नेतृत्व गर्नुभएका खपाङ्गीको २०७३ साल भाद्र ११ गते निधन भएको थियो । २०७२ सालमा स्थापना भएको गोरे बहादुर खपाङ्गी फाउण्डेशनले यस अघि खपाङ्गीको बारेमा बिभिन्न पुस्तकहरु प्रकाशन गरेको छ । फाउण्डेशनका सचिव खड्ग सारुले खपाङ्गीको आत्मकथा प्रकाशनको तयारी भैरहेको जानकारी दिदै स्मृति ग्रन्थको लागि आर्टिकलहरु संकलनको काम भैरहेको बताउनुभयो । खपाङ्गीको बारेमा भिडियो डकुमेन्ट्री निर्माण गर्ने निर्णय समेत भएको फाउण्डेशनका कोषाध्यक्ष चन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।
