युद्धताका गाईको मासु खाने को ?

Read Time:1 Minute, 51 Second

गणतान्त्रिक सरकार नै वाहुन क्षेत्रीको धर्म संरक्षण तथा बाँकी समुदायको अधिकारको विरोधमा उभिएपछि केही आदिवासी सभासदहरुले यसको विरोध गरेका छन् । सरकारले ब्यवस्थापिका-संसदमा फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक पेस  गर्ने बहानामा क्षेत्री वाहुन वाहेकलाई जेलमा कोच्ने षडयन्त्र गरेको छ ।

कानून तथा न्यायमन्त्री प्रभु साहले उक्त बिधेयक संसदमा बिचार गरियोस भनि प्रश्ताव गरेपछि आदिवासी जनजाति दलित र मुस्लीम समुदायका सभासदहरुले त्यसको बिरोध गरेका हुन । तर कुसर्ीको लागि महिनौं संसद अवरुद्ध गर्ने सभासदहरुले यति ठूलो विभेदकारी विधेयकको बारेमा भने केही गर्न जरुरी ठानेनन् ।

सबैभन्दा गंभिर विषय त के छ भने माओवादी लडाईको बेलामा सोझा साझा जनताको गाई गोरु जवरजस्ती खोसेर काटेर कामरेडहरुलाई मासु खुवाउने प्रभु शाहले यो विधेयक प्रस्तुत गरेका छन् । एक सभासदले राज्यसत्ता डटकमसँग संसद भवन परिसरमा भने, ‘गाई काट्नेलाई जेल पठाउने भए पुष्पकमल दाहाल सहित २३८ माओवादी सभासदको पालो सबैभन्दा पहिला आउनु पर्दछ ।’ हुन पनि माओवादीले हिन्दु समुदायका क्षेत्री वाहुन ‘कामरेड’हरुलाई समेत युद्धताका गाईको मासु खुवाएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %