
कर्तव्य ज्यान मार्ने तथा अपहरणको अभियोग लागेका युथ फोस्र नामक लडाकु दस्ता मोरङ्गका कमाण्डर आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाललाई चुनौति दिँदै खुल्लम खुल्लाघुमीरहेका बेला निमुखा जनता भने गाई काटेको आरोप जेलको चिसो छिँडीमा पुगेका छन् । प्राप्त समाचार अनुसा गाईको मासु काटेको निहुँमा बाँके जिल्लाको पुरैनी गाविस-८ किङरियनपुरका बुधई किङ्घरीयालाई प्रहरीले जवरजस्ती पक्राउ गरेको हो ।
पुरैनी-८ नजिक गाईको सुकुटी बनाउँदै गर्दा बुधईलाई पक्राउ गरेको प्रहरीले पुष्टी गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक पवन भट्टराईले बुधईको विषयमा छानविन भईरहेको बताए । बुधईले भने आफू निर्दोष रहेको बताएका छन् । आफूले मरेको गाईको सुकुटी बनाउन लाग्दा प्रहरीले पक्राउ गरेको उनको भनाई छ । बहुसांस्कृतिक मुलुक नेपाल धर्मनिरपेक्ष भएतापनि सबै धार्मिक समुदायले तिरेको करबाट सरकारले हिन्दु धर्मको अन्धसंरक्षण गरिरहेको छ ।
