जुन १५
विराटनगर कार्यक्षेत्र रहेका पत्रकार नागरिक दैनिकका सम्वाददाता खिलनाथ ढकालमाथि समाचारको विषय लिएर जुन ६ का दिन भएको सांघातिक आक्रमणको नेपाल पत्रकार संघ हङकङले घोर भत्र्सना गर्दै एक ज्ञापनपत्र हङकङस्थित नेपाली महावाणिज्यदूत मार्फत नेपाल सरकारलाई बुझाएको छ ।

नेपाल पत्रकार संघ हङकङले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ ‘घटनामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि एमालेको भातृसंस्था युथ फोर्स नेपाल विराटनगर नगर समितिका अध्यक्ष रोहित कोइराला र मनोज राईलगायत प्रत्यक्ष र मोरङ जिल्ला समितिका अध्यक्ष पर्शुराम बस्नेत अप्रत्यक्ष संलग्न रहेको प्रकाशमा आउनुले नेपालमा पत्रकारिता अति जोखिममा रहेको देखाएको छ ।’
विज्ञप्तिमा भनिएको छ ‘साघांतिक आक्रमणमा आरोपितलाई छानबिनको दायरामा ल्याउन सहयोग गर्नुको सट्टा एमालेको भातृसंस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नतेले सार्वजनिक रुपमा पशुर्राम बस्नत आफ्नो सम्पकर्मी रहको बताउँनुले कानुनी राज्यको उपहास भएको ठहर गर्दे यस घटनाको सम्बन्धमा आरोपित र कानुनको अपहेलना गर्ने सम्पूर्णलाई अविलम्ब गिरफ्तार गरि छानबिन गर्न र दोषीमाथि कडा कार्वाही गरि कानुनी राज्यको प्रत्याभूति गर्न नेपाल पत्रकार संघ हङकङ जोडदार माग गर्दछ ।’

अपरान्ह ज्ञापनपत्र बुझाउन हङकङका पत्रकारहरु हङकङस्थित नेपाली महावाणिज्यदूतावास पुगेका थिए । विरोध गर्न कालो पोशाकमा उपस्थित भएका हङकङका सम्पूर्ण पत्रकारहरुको तर्फबाट अध्यक्ष किसन राईले ज्ञापनपत्र महावाणिज्यदूत विनोदकुमार उपाध्यलाई हस्तान्तरण गरेकाथिए । महाबाणिज्यदुतले ज्ञापनपत्र सम्बन्धित निकायमा पुर्याईदिने बचन दिएकाथिए ।
तस्वीर नेपाल पत्रकारसंघ हगंकगं
