राज्यसत्ता

काठमाडौं, २०७८ श्रावण २५
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति महोत्तरीको आयोजनामा प्रशिक्षण कार्यक्रम जिल्ला अध्यक्ष राजकुमार मोक्तानको अध्यक्षता र प्रमुख अतिथि नेपाल विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पुुर्व जिल्ला अध्यक्ष प्रतापसिं आलेको स्वागत मन्तव्यबाट सुरू भएको प्रशिक्षण कार्यक्रममा विशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य ललिमाया जर्घा र राम ईकवाल मण्डल उपस्थित थियो भने कार्यक्रम सञ्चालन पार्टी जिल्ला सचिव झम्ब बहादुर रानाले गरेका थिए ।






