करातेमा निर्मल पुन र सन्ध्या हमालले दुइ स्वर्ण जिते

पोखरा, २७ जेठ
लेकसाइडको क्याम्पिङचोकमा हिजोदेखि शुरु भएको प्रथम राजु थापा कास्की जिल्ला स्तरिय सितोरियो कराँते प्रतियोगितामा बगर डोजोले काँतामा दुइ स्वर्ण जितेको छ । महिला एकल कातामा सन्ध्या हमाल र पुरुष कातामा निर्मल पुन प्रथम हुदै बगर डोजोलाई दुइ स्वर्ण पदक दिएका हुन । महिला एकल कातामा अल्फा बोर्डिङकी अञ्जु श्रेष्ठ द्धितिय, एसओएस बहिनीका विपना नेपाली र बगर डोजोकी आशा राम्जाली तेश्रो भएका छन । यसैगरी पुरुष कातामा बगर डोजोका उदय थापा द्धितिय, बगर डोजो कै अविनास लामा र अल्फाका धनबहादुर मगर तृतिय भएकाछन ।
कुमुतेतर्फ २० केजी तौल समुह पुरुष तर्फा सैनिक महाविद्यालयका  सुदिप खड्का, बगरका कर्ण थापा, लेकसाइड डोजोका राजन सुवेदी र हिमाली बालकल्याण प्रताप खड्का सेमिफाइनमा प्रवेश गरेका छ । २५ केजी तौलम समुहमा अल्फाका स्लोभ गुरुङ, सैनिकका अमित थापा, अल्फाका मुगाधन मगर र हिमाली बालकल्याणका बलराम अधिकारी सेमिफाइनलमा प्रवेश गरेकाछन । ३० केजी तौलमा फुलवारीका विशेष जोशी, बगरका अविनास लामा, सैनिकका युगल गुरुङ र जोगीमुरे डोजोका सम्पुर्ण गुरुङ, ३५ केजी तौल समुहमा हिमाली बालकल्याणका लोकमान गुरुङ, सैनिकका नवराज पोख्रेल, सैनिककै साजन केसी र बगरका विमल पुन अन्तिम चारमा प्रवेश गरेकाछन ।
यसैगरी महिलातर्फ २० केजीमा हिमालीका सरिता थापा, लेकसाइडकी समिका सेन, सैनिकका संजिता श्रेष्ठ, एसओएस बहिनीकी अनिषा पौडेल सेमिफाइनलमा प्रवेश गरेका छन । यसरी नै २५ केजी तौल समुहमा एसओएस बहिनीकी सरिता पौडेल, फुलवारीकी रोशनी पुन, लेकसाइडकी अञ्जली तिवारी, हिमाली बालकल्याणकी सिता खनाल, ३० केजी तौल समुहमा सैनिककी सविना दुरा, लेकसाइडकी आरती रावत, एसओएसकी भावना शर्मा, लेकसाइडकी कञ्चन कोइराला सेमिफाइनलमा प्रवेश गरेकाछन । महिला ३५ केजी तौल समुहको सेमिफाइनलमा एसओएस बहिनीकी विपना आचार्य, लेकसाइडकी सरु केसी, बगर डोजोका जिना पुन र अल्फाकी  अञ्जु श्रेष्ठले स्थानबनाएकीछिन । यसरी नै ४० केजी तौलसमुहमा हिमाली बालकल्याणकी विमला भुजेल, बगरकी रुविस्का तामाङ, बगरकै यामु थापा मगर, हिमाली बालकल्याणकी पुनम राई,४५ केजी तौल समुहमा बगरकी सन्ध्या हमाल, एसओएस बहिनीकी ज्योति विक, हिमालीकी दीपा भुजेल, एसओएसकी सपना नेपाली र ५० केजी तौल समुहमा बगरकी रेनु पुन, एसओएस बहिनीकी कल्पना आचार्य, एसओएसकी तममाया गुरुङ र एसओएस कै विनिता गुरुङ सेमिफाइनलमा प्रवेश गरेकाछन् ।
खेलकुद विकास समिति कास्कीको आयोजना, सितोरियो कराँते संघ कास्कीको सहयोग र लेकसाइड डोजोको व्यवस्थापनमा भोलिसम्म हुने प्रतियोगितामा कास्कीका पन्ध्र डोजोका महिला पुरुष गरी सोह्र इभेन्टका चार सय १३ प्रतियोगिहरुले प्रतिस्प्रर्धा गरिरहेका छन ।

हुम तमु