डा.बाबुराम गुटको अलग्गै भेला सम्पन्न

Read Time:1 Minute, 19 Second

गोरखा, २७ जेठ
गोरखामा बिहीबार सुटुक्क माओवादी नेता डा बाबुराम भट्टराई गुटका कार्यकर्ताहरुको अलग्गै भेला सम्पन्न भएको छ । बाबुरामका पक्षधर मानिने सुनिल पौडेलको प्रमुख आतिथ्यतामा चितवनको दारेचोकमा भेला बोलाइएको हो  ।

भेलामा चितवन, गोरखा, तनहुँ र लमजुङका गरी १७० जनाको सहभागिता रहेको बताइन्छ ।

पछिल्लो समयमा एमाओवादीका तीनवटै गुटको प्रभाव गोरखा जिल्लामा बढेको छ । संस्थापन पक्षमा नेतृत्व तहका मानिसहरु धेरै छन् भने तल्ला तहमा बाबुरामका केही कार्यकर्ता छन् ।

बाबुरामको पक्षमा सभासद् ज्ञानेन्द्र कुमाल र राज्य समिति सदस्य यानप्रसाद भट्ट खुलेरै देखा परेका छन् । एमाओवादीलाई अहिलेको अवस्थासम्म बाबुरामको चिन्तनले ल्याएको उनीहरुले दाबी गरेका छन् ।

एमाओवादी पार्टीभित्र आन्तरिक कारवाहीमा परेका अधिकांश कार्यकर्ता बाबुरामको पक्षमा उभिएको बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %