काठमाडौं, २५ जेठ
संविधानसभाका अध्यक्ष सुवास नेम्बाडले तीन महिनाका लागि संविधानसभाको अवधि थपिनुले राजनीतिक सङ्कट टरेको नभई सरेको बताएका छन् ।
एनेकपा (माओवादी) का उपाध्यक्ष डा बाबुराम भट्टराईले यही जेठ १४ गते तीन दलबीच भएको पाँचबुँदे सहमतिको स्वार्थअनुसार व्याख्या भएको बताउँदै उक्त सहमतिको आशय शान्ति, संविधान र राष्ट्रिय सरकारलाई निश्चित गर्नु हो भने ।
अध्यक्ष नेम्बाडले संविधान लेखनका विवादित विषयहरुको समाधान गर्न गठित संवैधानिक समितिको उपसमितिको बैठक भोलिदेखि नियमित बस्ने जानकारी दिँदै शान्ति र संविधानका लागि अब हामीहरु पछि हट्न सक्दैनौँ भने ।
उनले थप गरिएका संविधानसभाका अवधिको समयलाई काम गर्ने समयका रुपमा सदुपयोग गर्न नसकिए पुनः राजनीतिक सङ्कट उत्पन्न हुने धारणा राखे ।
प्रेस चौतारी नेपालद्वारा बुधवार आयोजित आमसञ्चार र लोकतन्त्रीकरण विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष नेम्बाडले शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउनुबाहेक दलहरु बीचमा विकल्प नभएकोमा पनि जोड दिए ।
