राज्यसत्ता ,
काठमाण्डौ, बैशाख ३१ – राष्ट्रिय राजनीतिमा बैकल्पित सक्तिकोरुपमा उदाएको राष्ट्रिय जनमुक्ति पार्टीको स्थाई समितिको बैठक भर्चुअल जुम मार्फत सुरु भईरहेको छ ।

बैठकमा पदाधिकारी , संघीयपरिषद सदस्यहरु,भातृ संस्थाका अध्यक्ष र पार्टीको बैदेशिक शाखाका अध्यक्षहरु बैठकमा सहभागी रहेका छन । बैठक पार्टीका अध्यक्ष के.पी. पालुङ्वाको अध्यक्षतामा र पार्टी उपमहासचिव टोप अस्लामीको सहजिकरणमा बैठक चलिरहेको राज्यसत्तालाई समचार प्राप्त भएको छ । अध्यक्ष पालुङ्वाले आजकोे ऐजेण्डा प्रस्तुत गर्दै तिनवटा ऐजेण्डा छलफलका लागी बैठकमा पेस गर्नु भएको छ ।
१)पार्टीको छैठौ महाधिवेशन बारे,
२) देशको बर्तमान राजनीतिकको बिकसित घटना र
३) कोरोनाको माहामारी संग कसरि लड्ने बारे रहेका छन ।
अध्यक्षको मन्तब्य लगतै पदाधिकारी र बैठकमा सहभागी सबैबाट माथीको बुँदाहरु माथी बहस भईरहेको जानकारी प्राप्त भएको छ । बैठक भोलीसम्म लम्बिने सहभागी एक नेताले राज्यसत्तालाई जानकारी गराएका छन ।
