खपाङ्गी फाउण्डेशन बर्दिबासमा

Read Time:2 Minute, 12 Second

बर्दीबास, बैशाख १४

गोरेबहादुर खपाङ्गी मगर फाउण्डेशन द्वारा गौशाला नगरपालिकाका मेयर शिबनाथ महतो संग भेटघाट गरेको छ । खपाङ्गी फाउण्डेशनले गौशाला नगरपालिका संग सहकार्य गरेर अघि बढ्ने उद्धेश्यले फाउण्डेसनको अवधारणा पत्र मेयर महतोलाई उहाँकै कार्यालयमा पुगेर हस्तान्तरण समेत गरेको हो । फाउण्डेशनले वडा नम्बर ८ का वडा अध्यक्ष एबं नगरपालिकाका प्रबक्ता भोजबहादुर दर्लामी, वडा नम्बर ४ का वडा अध्यक्ष गणेश शाह र प्रशासकिय अधिकृत संग पनि भेटघाट गरेको छ ।

फाउण्डेशनका अध्यक्ष अध्यक्ष हुम बहादुर थापाले बर्दिबास नगरपालिका ७ का वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग संग पनि भेटघाट तथा छलफल गरेको हो । अवधारण पत्रमा रामनगर महोत्तरीस्थित खपाङगी निवास स्थल, सो क्षेत्र वरपर संग्राहालय, सालिक, उधान र सडकको नामाकरण गोरेबहादुर खपाङगी मार्ग घोषणा गर्न गौशाला नगरपालिका संग माग गरिएको छ ।

स्वर्गिय नेता गोरेबहादुर खपाङ्गी मगरज्यूले अध्ययन गर्नु भएको गौशला बजार ५ , महोत्तरी स्थित श्री त्रिभुवन माध्यमिक बिद्यालयको समेत फाउण्डेशनका पदाधिकारीहरुले भ्रमण गरेका हुन् । नेता खपाङ्गी यही बिद्यालय बाट पहिलो ब्याचमा मगर समुदाय र त्यो क्षेत्रबाट प्रथम श्रेणीमा एस,एल सि उत्तीर्ण गर्नुभएको थियो ।

नेपालको ईतिहासमा आदिबासी जनजाति,दलित, दमित, मधेसी र मुश्लिम समुदायको अधिकारकालागि आवाज घन्काउने पहिलो ब्यक्ति हुनुहुन्छ खपाङ्गी ।

0 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %