विप्लव समुहमाथिको प्रतिबन्ध आज देखि हट्दै

Read Time:1 Minute, 9 Second


काठमाण्डौं, फागुन २०

सरकारले नेत्रविक्रम चन्दको पार्टी नेकपामाथि लगाएको प्रतिबन्ध आजबाट हटाउने भएको छ । बुधबारको बैठकमा आजैदेखि विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध पनि हटाउने विषयमा सहमति भएको थियो । सरकार र विप्लव पक्षबीच बुधबार दुईपटकसम्म भएको वार्तापछि सबै विषयमा टुंगो लगाउन आज पुनः वार्ता हुँदैछ ।

बुधबारको वार्ता सकारात्मक भएको र आजदेखि प्रतिबन्ध हटाउने तयारी भएको विप्लव समूह नेकपाका एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । सरकारले २०७५ फागुन २८ गते सो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाएको हो । बुधबार भएको वार्तामा दुवै पक्ष समान धारणामा पुगेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %