रिब्दीकोटमा मगर स्थापना दिवस भब्यरुपमा सम्पन्न

Read Time:3 Minute, 12 Second


पाल्पा, फागुन १७
पाल्पाको रिब्दीकोट गाउँपालिका ५ नैटोलामा ३९ सौ मगर स्थापना दिवश भब्य रुपमा सम्पन्न भएको छ । नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष एबं नेपाल मगर संघका केन्द्रिय सदस्य हुम बहादुर थापा पचभैया मगरको प्रमुख आतित्यतामा कार्यक्र सम्पन्न भएको हो । कार्यक्रममा नेपाल मगर संघ कुसुमखोलाका पूर्व अध्यक्ष क्याप्टेन जित बहादुर छहरी मगर , रिब्दीकोट नेपाली कांग्रेस वडा नम्बर ५ का वडा अध्यक्ष हिराधर आचार्य , ने.क.पाका वडा अध्यक्ष बेणी माधव आचार्य, भवानी उच्च मा.बिका शिक्षक रुद्र प्रशाद आचार्य, दिपक पचभैया, सरस्वती श्रेष्ठ , हुम बहादुर राना मगर , बालसिं राना मगर लगाएतको सहभागीता थियो । कार्यक्रमका प्रमुख अथिति हुम बहादुर थापा पचभैयाले नेपाल मगर संघको बिगत देखी बर्तमान अवस्थाका बारेमा प्रस्ट पार्नुभएको थियो । प्रमुख अतिथि थापाले जनसंख्या तथा तथ्याङ्क बिभागको २०७८ मा गर्ने जनग्रणनाका बारेमा समेत उहाँले चेतना मुलक जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले मगर संघ स्थापना दिवशको अवसरमा शुभकामना दिएका थिए ।

कार्यक्रमको बिचबिचमा सांस्कृतिक झाकी ,नृत्य , मगर बाजा , मगरको ठूलो नाच , सालैजो लगाएतका गित तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । २०३९ साल फागुन १५ गतेका दिन नेपाल मगर संघको प्रथम महाधिवेशन तनहुको दमौलीमा सम्पन्न भएको संझनामा प्रत्येक वर्षको १५ फागुनमा मगरहरुले मगरको एकताको रुपमा स्थापना दिवस मनाउदै आएका हुन् । २०१२ सालमा गुल्मीको भार्सेमा, २०१३ सालमा म्याग्दी,२०१४मा तनहु, २०२८ सालमा काठमाण्डौ र २०३८ सालमा बुटवलमा मगरहरुको बृहत भेला भएको थियो ।

२०३९ सालमा तनहुको दमौलीमा प्रथम महाधिवेशन सम्पन्न भएको हो । २०३९ देखि हाल सम्म मगर संघको ११ औ महधिवेशन सम्पन्न भएको छ भने नेपाल मगर संघको १२ औ महाधिवेशनको तयारी अव शुरु भएको छ । कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ, रिब्दीकोट गाउँपालिका वडा नं.५ कुसुमखोला समन्वय समितिका अध्यक्ष मान बहादुर रास्कोटी मगरको अध्यक्षतामा ,पबित्रा पचभैया मगरको स्वागत र समितिका सचिब गोकर्ण खाम्चा मगरको सञ्चानमा कार्यक्रम सम्पन्न भएको हो ।

0 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %