काठमाडौं, जेष्ठ १९
प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सहमति कार्यान्यवन लगायतका विषयमा विभिन्न दलबाट आएका फरक.फरक धारणामा छलफल केरिनद्रत रहेको बुझिएको छ ।
भेटघाटमा शन्ति प्रक्रिया सम्बन्धमा अव थालिने प्रक्रियाबारे पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
आजै साँझ बस्ने विषेश समिति बैठक अघि प्रधानमन्त्री खनालले माओवादी अध्यक्ष दाहालसँग परामर्श थालेका हुन्।
पाँच बुँदे सहमति कार्यान्वयनबारे प्रधानमन्त्री खनाल र दाहालबीच छलफल
Read Time:54 Second