राज्यसत्ता ,
काठमाण्डौ , माघ ३ – नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कोईरालाले भने, ‘निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।’ यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनले भनेका थिए ।
कोईरालाले भने, ‘अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा हामी छैनौ ।’ कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उनको भनाइ थियो ।

