को हुन् को हैनन् ‘मगर’

Read Time:15 Minute, 17 Second

[केही इतिहासकारहरुले मगर जाति को उत्पत्ति मध्य भारततिर भएको पनि जनाएका छन् । यस भनाइमा त्यस्तो खास कुनै आधार छैन । उनीहरुको भनाइमा वास्तविकता भन्दा कल्पना र राजनीतिका कुराहरु बढी देखिन्छ । जुन सही होइन ।

रुकुमका मगर चेलीहरु

माथि उल्लेख  गरिएको शारीरिक बनौट, भाषा र संस्कृति का आधारमा मगरहरुको उत्पत्ति उत्तर चीन तिब्बततिर हुनु पर्दछ  भनेर ठोकुवा गर्न सकिने अवस्था हुदाहुदै पनि ‘चितौरे’, सूर्यवंशी’ जस्ता मगरका उपथरहरुले  मात्र उनीहरुको उत्पत्ति भारततिर नै भएको हुनुपर्दछ भन्ने जिकिर गर्नु भनेको कुरो राम्ररी बुझ्न नसक्नु हो। भारतको चित्तौडबाट कुनै सूर्यवंशी मानिस आइ यहाका मगर चेलीबेटीलाई विवाह गरेर जन्मिएको कुनै सन्तानले हिन्दुकृत पितृसत्तात्मक  व्यवस्थामा बाबुको जातबाट ‘चित्तौरे वा सूर्यवंशी’ भनिनु  वा लेखिनुले  सम्पूर्ण मगर जातिको उत्पत्ति चित्तौडतिर भएको भन्ने मान्न सकिदैन । ]

सब भन्दा पहिलो ‘मगर’ कहाँ जन्मे होलान ? यस प्रश्नले मगर जतिको उत्पत्तिको कुराको उठान गर्दछ । मगरहरुले कसरी आफुलाई मगर भन्ने नामाकरण गरे होलान वा यो ‘मगर’ भन्ने नाम कसले दिए होलान ? ‘मगर’ भन्नाले ‘मगर जाति’ विशेष  मात्र बुझिन्थ्यो    वा कुनै ‘राष्ट्र’ पनि बुझिन्थ्यो   ? भन्ने प्रश्नहरु पनि उत्तिकै गम्भीर छन् । यी प्रश्नहरुको सजिलो उत्तर हामीसंग छैन । 
कुनै जाति विशेषको उत्पत्तिको विषयमा कुरा चल्दा तीनवटा कुराहरुमाथि ध्यान दिनु  आवस्यक हुन्छ । ति हुन :

१) शारीरिक बनौट,
२) भाषा र,
३) संस्कृति

यी तीन कुराहरुबाट कुनै पनि जातजातिको उत्पत्ति र इतिहासका बारेमा धेरथोर जानकारी पाउन सकिन्छ ।मगर जातिको उत्पत्तिका सम्बन्धमा उल्लेख गरिएका तीन कुराहरुमाथि ध्यान दिंदा के कुरा छर्लंग हुन्छ भने यो जतिको उत्पत्ति चीन, तिब्बत र मंगोलियाका मानिसहरुको उत्पत्ति संग मेल खान्छ । अर्थात् मगरहरुको उत्पत्ति हालको तिब्बततिर हज्जारौ वर्ष पहिले भएको हुनु पर्छ ।
मानव जातिको उत्पत्ति बारे धेरै अध्यन अनुसन्धान भएका छन् र आज पनि हुदैछन् । तर, ठोस् कुरा हालसम्म प्रकाशमा आउन सकेको छैन । हिमाली प्रदेशका मगरहरुको उत्पत्तिको विषयमा पनि हालसम्म एकमत हुन सकेको  छैन । कसैले आजका मगरहरु प्राचीन भारतको ‘मगध’ राज्यका बासिन्दा हुन भनेका छन । उनीहरुको अनुसार आजभन्दा २६००/२५०० वर्ष अघिको मगध राज्यका बासिन्दा ‘मगध’ हरु आजको पश्चिम बंगाल वा  दक्षिण विहारबाट क्रमश: नेपालको पहाडतिर पसेका हुन । उनीहरुले ‘मगध र मगर’ शव्दमा सामीप्यता देखेका छन् । यसै गरी “भारतखंड और नेपाल” भन्ने  पुस्तकमा मगरहरु भारतको मगधबाट  नेपाल प्रवेश गरेकाले यिनीहरु मगधबाट  मगर भएका हुन भन्ने तर्क पनि अघि सारिएको  छ । यी दुई शव्द वीच ध्वनि समानता भएता पनि मगध शव्द भोटवर्मेली  भाषामा कुनै खास अर्थ भेटिएको छैन| ‘मगध’ शव्दले मात्र मगरहरुलाई प्राचीन  मगध राज्यका वासिन्दा थिए भन्ने प्रमाणित गर्दैन ।
***
केही इतिहासकारहरुले मगर जाति को उत्पत्ति मध्य भारततिर भएको पनि जनाएका छन्  । यस भनाइमा त्यस्तो खास कुनै आधार छैन । उनीहरुको भनाइमा वास्तविकता भन्दा कल्पना र राजनीतिका कुराहरु बढी देखिन्छ ,जुन सही होइन । माथि उल्लेख  गरिएको शारीरिक बनौट, भाषा र संस्कृति का आधारमा मगरहरुको उत्पत्ति उत्तर चीन तिब्बततिर हुनु पर्दछ  भनेर ठोकुवा गर्न सकिने अवस्था हुदाहुदै पनि ‘चितौरे’, सूर्यवंशी’ जस्ता मगरका उपथरहरुले  मात्र उनीहरुको उत्पत्ति भारततिर नै भएको हुनुपर्दछ भन्ने जिकिर गर्नु भनेको कुरो राम्ररी बुझ्न नसक्नु हो । भारतको चित्तौडबाट कुनै सूर्यवंशी मानिस आइ यहाका मगर चेलीबेटीलाई विवाह गरेर जन्मिएको कुनै सन्तानले हिन्दुकृत पितृसत्तात्मक  व्यवस्थामा बाबुको जातबाट ‘चित्तौरे वा सूर्यवंशी’ भनिनु  वा लेखिनुले  सम्पूर्ण मगर जातिको उत्पत्ति चित्तौडतिर भएको भन्ने मान्न सकिदैन ।
यसैगरी ‘मर्कट’ शव्दबाट  ‘मगर’ हुन आएको भन्ने पनि उल्लेख गरिएको पाइएको छ । यसमा पनि कुनै अधार छैन । मगरहरुले पूजा गर्ने चण्डी देवीलाई सुँगुरको वली दिइदा  कान्छो भाइले ‘म गर्छु” भनेकाले ‘मगर’ भएको भन्ने भनाइमा पनि कुनै वैज्ञानिक आधार छैन | जेठो भाइ ठकुरी भएकोमा महिलो र संहिलो भाइहरु को के भए वा थिए सोको कुनै उल्लेख नहुनु; मगरको वंशावली “ठकुरीका गाउँमा पसे पत्ता लाग्ने” भन्ने अत्यन्त हचुवा   र गलत कुरा लेखी मगरहरुलाई होच्याउनमा मज्जा मान्ने जमातको जाति निन्दा गरे पनि थोरै नै हुन्छ । यस्ता बेठीक कुरा लेखिंदा मगरहरुको आत्मसम्मानमा चोट पुग्नु स्वभाभिकै हो । सुँगुर काट्ने कामलाई नराम्रो मानी ४ भाइ मद्धे कान्छोले “म काट्छु” अर्थात् “म गर्छु” भनेकाले उनैबाट मगर जातिको उत्पत्ति भएको मान्ने कुरामा झन् कत्ति पनि गतिलो आधार  छैन । त्यसैले यी सब हल्का कुराहरु हुन र यस्ता कुराहरुलाई विश्वास गर्नु हुदैन ।
[हाल पश्चिम क्षेत्रका मगरहरु मध्य बुढा मगरहरु भने उत्तरी तिब्बत, मंगोलिया अथवा रुसको साइबेरियाबाट  आएका हुनसक्ने अनुमान पनि गरिएको छ | यसमा मूलत:यी बुढा मगरहरुको संस्कृति खास गरिकन जटील झांक्रिवादी  संस्कार र शारीरिक बनावटको विश्लेषण गर्दै विद्वानहरुले उनीहरुलाई त्यस  क्षेत्रको सबभन्दा पुरानो उत्त्पतिका मगरहरु मानेका छन्  भने घर्ती, पुन र रोका मगरहरुको सवालमा भने यस्तो खास कुनै कुरा उल्लेख गरिएको छैन । मूलत: डोल्पाका काइके भाषी  मगरहरु लगायत घर्ती र पुन  मगरहरु त्यही नै उत्पत्ति भएको कुरामा विश्वास राख्दछन् । ]
मंगोल भाषामा ‘मंग’ को अर्थ मंगोलियाका ‘अर वा आउरी’ भनेको ‘छोरा वा छोरी’ हुन्छ ।मंगोलहरुको सन्तति नै मगर हुन भन्ने भनाइलाई यसले बल दिन्छ । यसकुरामा केही सत्यता  भेटिन्छ । जोहन हिच्ककले मगरहरु हालको मंगोलियातिरबाट  प्राचिनकालमा नै मगराँत क्षेत्रमा प्रवेश गरेका हुन भनेका छन् । अन्य इतिहासकारहरु : ह्यामिल्टन र पर्सिभाल  लेन्दन्ले मगर जातिको उत्पत्ति उत्तर तिब्बततिर भएको भनेका छन् ।अर्का इतिहासकार ब्रयान हग्सनले  नेपालका तमाम हिमाली जातिहरु मगर, गुरुङ, तामांग, शेर्पा लगायत खास छेत्रीहरु र स्वयं  हालका राजा महाराजाहरुको उत्पत्ति भारततिर नभएर  नेपालमानै भएको मानेका छन् । यसमा थप अर्का जापानी विद्वान जिरो कवाकिताले  मगरहरु हिन्दुहरुको सम्पर्कमा परेर पछि हिन्दु बनेका हुन भन्ने उल्लेख गरेका छन् । अर्का कर्नेल इदन भ्याँसितार्टले भारतबाट धपाइएका  कुमाई ब्राह्मणहरुले  मगर चेलीबेटी विवाह गरेर उनीहरुबाट जन्मेका सन्ततिहरु पछि छेत्री वा खस बनेका हुन भन्ने दाबी गरेका छन् । डोर् बहादुर बिष्टले पनि मगरहरुको मूल उत्तरतिर नै हो भनेका छन् ।

मगरको आ आफm्नै भूमिका – माओवादीको गाँउ जनसरकार चलाएका रोल्पाका मगर बन्धु (२०६१ सालमा खिचिएको )

अर्को भनाइ अनुसार आजको हंगेरीका ‘मग्यारहरु’ र नेपालका मगरहरु विच पनि समानता छ । ती मग्यारहरु र मंगोलहरु विच पनि वंशाणुगत  समान गुणहरु भेटिनछन् । नेपालका मगर र हंगेरीका मग्यार बीच दाइभाइको सम्बन्ध छ कि भन्ने अनुमान पनि गरिएको छ | हंगेरीका मग्यारहरु आफ्नो पुर्खा मध्य एशिया हुदै हंगेरी पुगेका कुरामा विश्वास राख्दछन् । आफ्ना   पुर्खाको खोजीमा सान १८४२ मा    हंगेरीका अनुसन्धाता सिकन्दर चोमा दी  कोरस ल्हासा हुदै मंगोलिया जाने सिलसिलामा उनको बाटो  (दार्जीलिंग) मा नै मृत्यू   भयो ।उनले नेपालका मगर र हंगेरीका मगर बीच दाइभाइको सम्बन्ध हुनु पर्दछ भन्ने मानेका थिय तर केही विद्वानहरु यस कुरा मा विश्वास राख्दैनन् ।
नेपालका पश्चिम सीमानामा पर्ने महाकाली नदी भन्दा पश्चिम र भारतको पश्चिम बंग भन्दा उत्तरबाट झरेको चंद्रभंग नदीदेखि उत्तर पूर्वको भू-भाग अर्त्त्हत महाकाली नदी र चन्द्र भंग नदीको वीचको उपत्त्यका लाई ‘महर उपत्यका ” भनिन्छ । भू-मध्य सागरबाट दक्षिण पुर्व हुदै ‘महरहरु  ” त्यहाँ आइ बसेकाले सो उपत्त्यकको नाउँ ‘महर उपत्यका ‘ रहन गएको र त्यहा बसोबास गर्ने महर जातिका नाउँ बाट आजको ‘मगर’जातिको नाम रहन गएको भन्ने कुरा तर्कसंगत नै देखिए पनि यसमा पनि गम्भीर अध्यनको आवश्यकता छ ।
नेपालका पश्चिम सीमानामा पर्ने महाकाली नदी भन्दा पश्चिम र भारतको पश्चिम बंग भन्दा उत्तरबाट झरेको चंद्रभंग नदीदेखि उत्तर पूर्वको भू-भाग अन्तर्गत महाकाली नदी र चन्द्र भंग नदीको वीचको उपत्त्यका लाई ‘महर उपत्यका ” भनिन्छ । भू-मध्य सागरबाट दक्षिण पुर्व हुदै ‘महरहरु ” त्यहाँ आइ बसेकाले सो उपत्त्यकको नाउँ ‘महर उपत्त्यका ‘ रहन गएको र त्यहा बसोबास गर्ने महर जातिका नाउँ बाट आजको ‘मगर’जातिको नाम रहन गएको भन्ने कुरा तर्कसंगत नै देखिए पनि यसमा पनि गम्भीर अध्यनको आवश्यकता छ ।
जुम्लेली राजा पुण्य मल्ल को सम्बत १२५८ को कनकपत्र ( सुनको पत्र) मा उल्लेख भएअनुसार हालको गण्डकी प्रदेश वा मगराँतलाई  महार्लोक भनिन्थ्यो  र त्यसमा ‘महाराजाजीको महर, महतो, मगर राजाहरु’ को उल्लेख भएबाट महरबाट  नै मगर भएको कुरा सही हो भन्ने भनाइमाथि विचार गर्दा पनि भाषागत  समस्या स्पष्ट देखिन आउछ । महर हरु भू-मध्य सागरबाट दक्षिण पुर्व दिशा हुदै हालको मगराँत क्षेत्रमा आएपछि उनीहरको भाषा मा पश्चिमी प्रभाव अर्थात् भारोपेली भाषाको प्रभाव परेको हुनुपर्थ्यो । तर, मगर भाषा भोत्बर्मेली हाँगाको पुर्व वर्मातिर सम्मको भएबाट त्यसमा अझ थप अध्यन हुनु आवश्यक छ ।
भोट-वर्मेली भाषा बोल्ने अत्यन्त प्राचीन मगरहरु उत्तर र पूर्वबाट नेपाल प्रवेश गरेका हुन । मगरहरु मंगोलियातिरबाट  यता आएका हुन पनि भनिन्छ । मगराँत क्षेत्रमा मगरहरुको आफ्नो राजपाठ थियो । पाल्पाका राजा मुकुन्द सेनलाई  पनि मगर भनिएको छ । मुकुन्द सेन  बडा प्रतापी राजा भए ।  पाल्पा राज्यको विस्तार पूर्वमा विजयपुर धरानसम्म पुगेको थियो । काठमान्डौ उपत्यका अर्थात् त्यो बेलाको नेपाल राज्य पनि केही समय पाल्पाको अधिनमा रहेको देखिन्छ ।
हाल पश्चिम क्षेत्रका मगरहरु मध्य बुढा मगरहरु भने उत्तरी तिब्बत, मंगोलिया अथवा रुसको साइबेरियाबाट  आएका हुनसक्ने अनुमान पनि गरिएको छ । यसमा मूलत:यी बुढा मगरहरुको संस्कृति खास गरिकन जटील झांक्रिवादी  संस्कार र शारीरिक बनावटको विश्लेषण गर्दै विद्वानहरुले उनीहरुलाई त्यस  क्षेत्रको सबभन्दा पुरानो उत्त्पतिका मगरहरु मानेका छन्  भने घर्ती, पुन र रोका मगरहरुको सवालमा भने यस्तो खास कुनै कुरा उल्लेख गरिएको छैन । मूलत: डोल्पाका काइके भाषी  मगरहरु लगायत घर्ती र पुन  मगरहरु त्यही नै उत्पत्ति भएको कुरामा विश्वास राख्दछन् ।

स्रोत: संछिप्त मगर इतिहास

बोस्टन मगर सोसाइटिको वेवपेजबाट (तस्वीरहरु जेवी पुन मगर)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %