काठमाडौँ, १६ जेठ
एकीकृत नेकपा (माओवादी) स्थायी कमिटी सदस्य देव गुरुङले संविधानसभाको म्याद थप गर्नका लागि गरेको पाँचबुँदे सहमतिमा भएको तीन महिनाभित्र शान्तिप्रक्रिया र संविधानको मस्यौदा आउन नसक्ने बताएका छन् । नयाँ संविधान जारी गर्नुभन्दा अघि नै शान्तिप्रक्रिया निष्कर्षमा पु¥याउनुपर्ने र निशस्त्र भएपछि तीन पार्टीका नेताहरूमध्ये जो प्रधानमन्त्री भए पनि काँग्रेसलाई मान्य हुने बताए ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले हतियारको राजनीति नछाडेसम्म एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने विचार राख्दै उनले हतियारसहितको नेतालाई प्रधानमन्त्री बनाउनका लागि कुनै पार्टीले साथ नदिने स्पष्ट पारे ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय सहमतिमा प्रधानमन्त्री बन्ने उम्मेदवार तयार नभइकन प्रधानमन्त्री खनालले राजीनामा दिनु उपयुक्त नभएको बताए ।
नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री भीम रावल र एमाओवादी राजनीतिक दलबीच सहमति भएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्री बन्ने व्यक्ति तयार भएमा प्रधानमन्त्री खनालले एकहप्ताभित्र राजीनामा दिने बताए ।
पाँचबुँदामा राजनीतिक दलबीच सहमति भएर राष्ट्रिय सहमतिको सरकार निर्माण हुने भएमा प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने भनिए तापनि अहिलेसम्म पार्टीमा यस विषयमा कुनै पनि छलफल नभएको र प्रधानमन्त्रीले राजीनामा दिनु राष्ट्रिय स्वाधीनताका लागि आवश्यक नभएको विचार उनलले राखे ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले लडाकू समायोजनको विषयमा स्पष्ट कुरा पाँचबुँदामा नआएको र संविधान लेखनका विषयमा मुख्य–मुख्य विषयहरू विवादित भएकाले तीन महिनाभित्र शान्तिप्रक्रिया र संविधानको मस्यौदा आउनेमा आशङ्का देखिएको स्पष्ट पारे ।