जनजाति महासंघका अध्यक्ष लेखीले दल खोले

Read Time:1 Minute, 14 Second

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले नेपाल नागरिक पार्टी खोलेको घोषणा गरेकाछन् । देशका विभिन्न जाति र क्षेत्रलाई वास्तविक रुपमा जोड्न भन्दै उनले उक्त पार्टी घोषणा गरेको जनाएकाछन् । वास्तविक रुपमा सवावेशी आवाजलाई मुखरित गरेर मात्र देश विकास हुने र त्यो आफ्नो नयाँ दलले मात्र गर्ने उनले बताएकाछन् । लेखी एमालेका केन्द्रिय सदस्य थिए । उनी थारु कल्याणकारी सभाका निवर्तमान अध्यक्ष पनि हुन् ।
एमाओावदीबाट फुटेर गई थारुवान मुक्ति मोर्चा गठन गरेका लक्ष्मण थारुको थारुहरुमा प्रभाव बढ्दै गएपछि लेखीले दलको घोषणा गरेकाछन् । नाम जे दिएपनि यो दल जातीय राजनीतिकै लागि खोलिएको बुझिन्छ । देशमा सबैले जातीय र क्षेत्रीय दल खोलिरहेको लहरमा लेखी पनि थपिएकाछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %