पाँच बुँदे सहमति कार्यान्वयन भए संविधान बन्छ : पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल

Read Time:1 Minute, 36 Second

काठमाडौँ, १५ जेठ
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद थप्नका लागि गरिएको पाँचबुँदे सहमतिको कार्यान्वयन भएमा तीन महिनाभित्र संविधान लेखन कार्य पूरा हुने बताएका छन्  ।

स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालले आयोजना गरेको स्ववियु काउन्सिल कप अन्तर क्याम्पसस्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता–२०६८ को उद्घाटन गर्दै उनले संविधानसभाको म्याद थपका लागि भएको सहमतिको सबै दलहरुले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

एमाओवादी लडाकू तीन महिनाभित्र व्यवस्थापन गर्नका लागि एमाओवादीले इमान्दारी देखाउनुपर्ने उल्लेख गर्दै नेता नेपालले शान्तिप्रक्रिया र संविधान लेखनका दुवै विषयलाई तीन महिनाभित्र सम्पन्न गर्नुपर्ने भएकाले सबै दलले गम्भीरतापूर्वक प्रतिबद्ध भएर सोच्नुपर्ने जरुरी छ भने  ।

राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नका लागि राजनीतिक दलहरुबीच सहमति भएबमोजिम प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिने बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %