संविधान संशोधनको प्रस्ताव दुई तिहाइ बहुमतले पारित : तीन महिनामा बन्ला संविधान ?

Read Time:3 Minute, 46 Second

काठमाण्डु
संविधान सभाको म्याद तीन महिना थप गर्न अन्तरिम संविधान नवौँ संशोधनको विधेयक दुई तिहाइ बहुमतले पारित भएको छ । मतदानमा सहभागी ५०८ मध्ये ५०४ ले पक्षमा मत दिएका थिए भने विपक्षमा चार मत मात्रै परेको थियो।  सभामुख सुवास नेम्वाङले आज बिहान साढे पाँच बजे उक्त नतिजा सुनाएकाथिए ।  त्यसपछि राष्ट्रपति रामवरण यादवले संसदले पास गरेको संविधान संशोधन विधेयक प्रमाणिकरण गरेका छन् ।  संविधान सभाको म्याद थप गर्न संविधान संशोधनको विधेयक पास गर्न बसेको  व्यवस्थापिका संसदको तेस्रो बैठक बिहान साढे चार बजे सुरु भएको थियो। तीन महिना संशोधन प्रस्ताव  नेपाली का‍ग्रेसका सचेतक लक्ष्मणप्रसाद घिमिरेले राखेका थिए ।  
संविधान सभाको म्याद थप गर्न संविधान संशोधनको विधेयक पास गर्न बसेको  व्यवस्थापिका संसदको दोस्रो बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। दलहरुबीच सहमति नभएपछि स्थगित संसदको दोस्रो बैठक बिहान सवा ३ बजे सुरु भएको थियो। बैठकले स‍ंसदको कार्यसञ्चालन नियमावलीका केही धारा निलम्बन गर्ने र अन्तरिम संशोधनको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्‍यो। विधेयकमाथि स‌ंशोधन पेश गर्न आधा घण्टा समय दिइएको थियो।
हिजो राति  सवा ११ बजे सुरु भएको बैठकमा कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेपछि  स‍ंसद बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुखले घोषणा गरेका थिए। तर तीन घण्टा पछि  बैठक सुरु भएको थियो।
संविधान सभाको म्याद थप गर्न संविधान संशोधनको विधेयक पास गर्न  व्यवस्थापिका संसदको बैठक राति सवा ११ बजे सुरु भएको थियो। कानुन मन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेपछि सं‍सद राति ११स्४४ मा १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।
गत साल पनि विहानपख एक बर्षको लागि म्याद थप गरिएकोथियो । दुई बर्षमा संविधान लेख्ने जनादेश लिएका दलहरुले त्यति समयमा लेख्न नसकेपछि गत बर्ष एक सालको म्याद थपेकाथिए । तर यसपटक सर्वोच्चले नै ६ महिना भन्दा बढी थप्न नमिल्ने आदेश दिएपछि बल्लबल्ल सहमति गरि ३ महिनाको लागि थपिएकोछ । मूलभूत विषयमा दलहरुबीच सहमति नभैसकेकोले यति छोटो समयमा संविधान लेखिनेमा धेरैलाई विश्वास छैन । दलहरुबीच सहमति नबन्दासम्म संविधान लेखिनै नसकिने बुझेका सर्वसाधारणहरुको बुझाईका कारण अझै दलहरुप्रति आंशका छ । तर ३ महिना लाई बढाएर एउटा काट्नैपर्ने खड्को भने दलले काटेकाछन् । अब चुनौत्ी झन बढेर जाने भने पक्का छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %