एमाले स्थायी समिति बैठकद्धारा समय तालिका सहित राष्ट्रिय सहमति जुटाउने निर्णय

Read Time:1 Minute, 57 Second

काठमाडौँ, १४ जेठ

नेकपा एमालेको स्थायी समितिको बैठकले शान्तिप्रक्रिया कार्यान्वयन, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि विभिन्न विकल्पहरुका बारेमा छलफल गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा विगतमा भएका सहमतिका आधारमा शान्तिप्रक्रिया कार्यान्वयन गर्ने र त्यसका लागि हतियार व्यवस्थापन, लडाकूको रेखदेख र नियन्त्रणका काम विशेष समिति मातहतमा आउनुपर्नेमा जोड दिइएको छ ।

उनले  संविधानसभाको म्याद थपिने कुरा अन्य दलहरुसँग हुने सहमतिमा नै निर्भर रहेको बताए । 
स्थायी समिति सदस्य केपी शर्मा ओलीले शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणका लागि समयतालिकासहित माओवादीले हिंसा त्यागेमा राष्ट्रिय सहमतिको वातावरण बन्ने बताए  ।
शान्ति र संविधानको सुनिश्चित एवं विश्वासिलो वातावरण माओवादीले दिलाउनुपर्ने र त्यसका विभिन्न विकल्पबारेमा एमालेभित्र छलफल भएको उहाँले बताउनुभयो । “संविधानसभाको म्याद थप्नुको विकल्प छैन”— नेता गौतमले भने । 
नेकपा एमालेका उपाध्यक्ष वामेदव गौतमले पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय र मर्मअनुसार प्रमुख तीन दल र संसदका अन्य पार्टीहरुका बीचमा छलफल गरेर राजनीतिक निकासको लागि छलफल गरिने बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %