माओवादी स्थायी समितिद्धारा हतियार नबुझाउने निर्णय

Read Time:1 Minute, 1 Second

काठमाडौँ, १४ जेठ

एकीकृत नेकपा (माओवादी) स्थायी समितिको आज  पार्टीका अध्यक्ष प्रचण्ड निवासमा बसेको बैठकले तत्काल सरकारलाई लडाकूका हतियार नबुझाउने निर्णय गरेको छ ।

बैठकले संविधानसभाको म्याद थपको कुनै विकल्प नभएको ठहर गर्दै त्यसका लागि दलहरुसँग लचिलो भई सहमतिका लागि वार्ता गरिने साथै शान्तिप्रक्रिया र संविधान निर्माणका आधारपत्र तयार पारेको बताइएको छ । 
उनले विस्तृत शान्तिसम्झौता र लडाकू समायोजन प्रक्रियाअनुरूप नै हतियार व्यवस्थापन हुने उल्लेख गरे ।  बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले एउटा राजनीतिक दलको आग्रहका आधारमा लडाकूका हतियार अहिले नै नबुझाइने बताए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %