मगर ढुटका भाषिक भेदहरु :

Read Time:18 Minute, 40 Second

मन बहादुर बगाले मगर,सुर्खेत

नेपालको सन्दर्भमा मगरहरुको कुरा गर्दा बाह्र मगराँत र अठार मगरातमा बस्ने मगरहरुको कुरा आउँछ । बाह्र मगराँतमा खस कुरे थन्थापि मगर र मगर ढुट बोल्ने मगर हरुको कुरा आउँछ । मगर कुरे अथवा मगर ढुट बोल्ने मगरहरुमा पनि पाल्पाली मगर ढुट र भीरकोटे मगर ढुट गरि दुई थरि भाषिक भेद देखिन्छ । अठार मगराँत तिर खाम भाषि र काईके भाषि मगरहरु रहेका छन् ।
बाह्र मगराँतको कुरा गर्दा खसकुरे थन्थापि मगरहरु मगर भाषा नबोले पनि तिनका जिब्रोमा मगरपन झुण्डिएको हुन्छ । लवजमा मगरपन सुन्न पाइन्छ । मगर कुरेमा पाल्पाली मगर ढुट र भिरकोटे मगर ढुट गरि मगर ढुटका दुई भेद रहेका छन् । यो विभाजन बोलीको लवज र भाषामा प्रयोग हुने शब्दको आधारमा नै गरिएको हो । कुनै पनि भाषा जति पुरानो छ त्यसको भाषिक विविधता पनि त्यतिनै बढी हुन्छ यो जिवित भाषाको विशेषता पनि हो ।
अर्को कुरा भाषा भौगोलिक हिसाबले जति ठूलो भूगोलमा फैलिएको हुन्छ त्यस भाषामा विविधता पनि त्यतिनै बढी देखिन्छ भन्ने मान्यता पनि रहि आएको छ । मगर भाषा पनि जिवित पुरानो भाषा हो र यसले धेरै ठुला भूगोल आगटेको कारण यसमा विविधता पाइन्छ । यस छोटो लेखमा मगर भाषाका भाषिक भेद र तिनका विशेषता बारे पाठक समक्ष राख्ने कोसिस गरेको छु ।
नेपालमा बोलिने मगर भाषा तीन खालका छन् ती मध्य बाह्र मगराँतमा बोलिने मगर ढुटको भाषिक भेद र विशेषता बारे अध्यन प्रस्तुत गर्ने सानो प्रयास स्परुप लेख तयार गरियको छ । मगर भाषा मगरहरुले बोल्ने जातिय भाषा हो । परम्परागत रुपमा हेर्ने हो भने मगरहरु खस कुरे थन्थापि र मगर ढुट बोल्ने मगर कुरे मगरहरु छन् तर अहिले मगरहरु मगर भाषालाई आफ्नो पहिचानको आधार बनाएका छन् । थन्थापि मगरहरुले खस कुरा बोले पनि भाषिक लवज मगर भाषाकै पाईन्छ । इतिहासमा राज्यको थिचोमिचोको कारण मगरहरुको भाषा लोप भयो । थन्थापि मगरहरुमा पनि त्यस ठाउँमा मगर माथि दमन भएर भाषा लोप भएको हुनुपर्छ । कतिपय ठाउँमा भाषा जिवित रह्यो ।
यसरी भाषा जिवित रहने क्रममा प्रभाव क्षेत्रको आधारमा भाषाको अस्थित्व रह्यो । एउटा पाल्पा सेरोफेरो रहेर बोलिने भाषा पाल्पाली मगर ढुट अर्को भिरकोट सेरोफेरो रहेर बोलिने भिरकोटे मगर ढुट यस आधारमा मगर ढुटको क्षेत्रिय भेद बारे अध्यायन गर्दा पाल्पाली मगर ढुट र भिरकोटे मगर ढुट देखिन आउँछ । अहिले मगरहरु नेपाल देशै भरी छरिएर रहेका छन् । के पाल्पाली के भिरकोटे मगर ढुट तिनका पनि नयाँ नयाँ भाषिकाहरु जन्मिदैछन् । यसो हुंदा तिनको मौलिक पनमा परिवर्तन आइरहेको छ र भिरकोटे र पाल्पाली भाषिक भेदबाट नयाँ भेददेखिन थाल्यो । भाषा ब्यक्ति पिच्छे फरक हुन्छ बक्ताको रुचि चाहना र क्षमता अनुसार फरकपन देखिन्छ । मगर ढुटमा पिहिन गोराक (भोली बिहान) लाई पिउँरा उच्चारण गर्ने गरेको पनि पाइन्छ । चेक आलाक नुङ्नी (अलिक पर जाउ) लाई चे आला नुनी भन्ने गरेको पनि पाइन्छ । यसरी पनि भाषामा परिवर्तन आउने गर्दछ जसको कारण भाषिकाको जन्म हुन जान्छ । बोल्न सजिलो मुखलाई धेरै परिश्रम नपर्ने मुख सुखको लागि यस्तो बोल्दा बोल्दै भाषामा परिवर्तन आइ भाषिकाको जन्म भएको हुन्छ । अन्य भाषाको सम्पर्कमा हुंदा त्यसका शब्द भाषामा प्रवेश गर्दा पनि भाषामा परिवर्तन आउने गर्दछ । पूर्वमा बोलिने मगर भाषामा मेरो घर उदयपुर हो । भन्नु ङौ ईम उदयपुर हो । हुन्छ त्यही कुरा पश्चिमको मगर भाषामा भन्दा ङौ ईम उदयपुर आले हुन्छ । भाषा नक्कल गरेर सिकिने कुरा हो । नक्कल गर्ने क्रममा विभिन्न कारणले अपुरो नक्कल हुन सक्छ । नक्कल अपुरो सुनाइको कारण उच्चारण अवयबको कम्जोरीको कारण या अगाडि भनेझैं मुख सुखको लागि अपुरो उच्चारण भएर भाषामा परिवर्तन आउन सक्छ । विज्ञान र प्रविधिको विकास भौगोलिक कारण पनि कुनै पनि भाषाको भाषिका जन्मनमा सहायक हुन्छ । मगर ढुटमा पनि यसका विभिन्न भाषिक भेदको जन्म भैसकेकोछ । यस बारे अध्ययन गर्दै जाँदा भाषिक भेदहरु धेरै पनि भेटिन सक्ला तर , मुख्य भेदका रुपमा देखिएका भाषिक भेद पाल्पाली मगर ढुट र भिरकोटे मगर ढुट हुन् । पाल्पाली मगर ढुट र भिरकोटे मगर ढुट बीच के कस्ता भिन्नता छन् त हेरौं सानो झलक :

नेपालीपाल्पालीभिरकोटे
बुवाबुबाबोई
आमाबोईमोई
गोरुबार्डाठोर
यो सामान्य शब्दमा देखिएको भेद हो । बोली लवज उच्चारणमा थुप्रै भिन्नताहरु छन् । कुनै पनि भाषामा देखिने विविध शब्दहरु त्यस भाषाको सम्पति हो एउटै वस्तुलाई बुझाउने एक भन्दा बढी शब्द हुनु आफैमा सम्पन्नताको प्रतीक हो ।
यस्तै मगर भाषाका शब्दगत बिबिधता अरु पनि छन् पाल्पाली मगर ढुटमा विशिष्ट खालको अर्थ बुझाउन निश्चित शब्दको प्रयोग गरिन्छ । यसमा ङा च ढेमलाक नुङ्लाङ भनेर म माथि तिर जान्छु भनेर भन्नै पर्दैन , ङा च नुङलाङ , भने पुग्छ । माथि जानू लाई नुङके भनिन्छ ।आन्के ले तलतिर जाने भन्ने बुझाउँछ । हेरौं केही शब्दहरु :
नेपाली पाल्पाली भिरकाेटे
माथि जानू नुङ्के नुङके/आन्के
तल जानू आन्के नुङके/आन्के
माथिबाटआउनु राहाके राहाके
तलबाटआउनु उङ्के राहाके

पालपाली मगर ढुटमा राहाके माथि बाट आउने भन्नेमा प्रयोग हुन्छ यहाँ ूहोसे ढेमिङ राहा भन्नै परेन होसे राहाू भने अर्थ पूरा हुन्छ । त्यस्तै होसे म्हाकिङ राहा भन्नलाई होसे उङा भने अर्थ पूरा हुन्छ ।क्रियापदको तहमा पनि केही भिन्नताहरु छन् भिरकोटे र पाल्पाली मगर ढुटमा वर्तमान काल जनाउने क्रियापद ज्याले ह्वाले रिक्ले समान प्रयोग हुन्छ तर क्रियाको पुर्ण पक्ष जनाउने रुपमा भने फरक देखिन्छ :

पाल्पालीभिरकोटे
 ज्यामलेज्यामने (खाएकोछ)
रिक्मलेरिक्मने (लेखेकोछ)
ओंस्मले        ओंस्मने (हेरेकोछ)

वक्यको तहमा
मगर भाषाको केन्द्रीय रुप या मगर ढुटको पाल्पाली भेदमा पाईने विशेषता वाक्यको तहमा यस प्रकार रहेको छ । सामान्य वर्तमान काल :
ङा छो ज्यालाङ । म भात खान्छु ।
कान छो ज्यालीङ । हामी भात खान्छौं ।
होसकोइ छो ज्यालेको । वाहाँ भात खानुहुन्छ ।
होचेइ छो ज्याले । उसले भात खान्छ ।
होसेकोइ छो ज्याले । उनीहरु भात खान्छन्
मगर भाषाको केन्द्रिय रुप पाल्पाली मगरढुटमा उपरोक्त विशेषता देखिए पनि भिरकोटे मगर भाषामा उपरोक्त भन्दा फरक विशेषता देखिन्छ जुन यस प्रकारको छ: सामान्य वर्तमान काल

ङा छो ज्याले । म भात खान्छु । कान छो ज्याले । हामी भात खान्छौं । होस्कोई छो ज्याके छान्ने । वाहँ भात खानु हुन्छ । होसे छो ज्याले । उ भात खान्छ । होसेकोई छो ज्याले । उनीहरु भात खान्छन् ।
मगर भाषामा प्रथमपुरुष दुवै वचनमा क्रियापद तृतीय पुरुषमा जस्तै रुप चलाइन्छ । आदरार्थि बनाउदा नेपालीकै आदरार्थी मगर भाषामा उल्था गरेर रुप चलाउने गरिन्छ ।
सामान्य भूत
पाल्पाली मगर ढुटमा वाक्यको तहमा यस प्रकार रहेको पाइन्छ :
ङै छो ङाज्याङ । मैले भात खाएँ । कान छो काज्यास । हामीले भात खायौं । होचे छो ज्या । उसले भात खायो । होसेकोइ छो ज्या । उनीहरुले भात खाए । होस्कोई छो ज्याकाङ । वाहाँले भात खानु भयो ।
पाल्पाली मगर ढुटमा प्रथम द्वितीय पुरुषमा क्रिया संग सर्वनाम जोडिएर आए पनि तृतीय पुरुषमा त्यसो हंदैन ।आदरार्थीमा भने काज्यास ९ खानु भयो० काजाटास९गर्नु भयो० कामीसास ९सुत्नु भयो० रुप चलाउने गरिन्छ ।
समान्य भूत भिरकोटे मगरढुटमा वाक्यको तहमा यस प्रकार क्रियाको रुप चलाउने गरिन्छ स्
ङै छो ज्या ।मैले भात खाएँ। कानकोई छो ज्या ।हामीले भात खायौं । होचेइ छो ज्या ।उसले भात खायो ।
होसेकोइ छो ज्या ।उनीहरुले भात खाए ।
होस्कोई छो ज्याके छाना । वाहाँले भात खानु भयो ।
यहाँ अरु सबैमा तृतीय पुरुष सरह रुप चलाए पनि आदरार्थि , ज्याके छाना , (खानु भयो ) प्रयोग गरिएको छ ।
मगर भाषामा भविष्यत कालको प्रयोग स्पेसल रुपमा गरिन्न तर पाल्पाली मगर ढुटमा ङा आराहाङ । (म आउनेछु ) कान आरहीङ । (हामी अउनेछौं ) जस्ता क्रियाको रुप चलाउने गरेको पाइन्छ भने अन्यमा भने भावले र आशयले भविष्यत बुझाउन सक्ने तर रुपले सामान्य वर्तमानकै क्रियाको रुप चलाउने गरेको पाइन्छ ।अर्को भविष्यतको वाक्य संरचनाका लागि संभावना भविष्यत जनाउने क्रियाको रुप चलाउने गरिन्छ :
मीजा आमीसे । (छोरा सुत्ला )
डाजे आरही (दाइ आउला )
नवीन आगेसे । (नवीन खेल्ला)
यस खालको क्रियाको रुप भिरकोटे मगर ढुटमा पनि चलाउने गरिन्छ । यो भविष्यमा हुने कार्यको संभावना जनाउने भएकोले
ङा राहाचले ।(म आउने छु )
नङ्खन फेर्चले । (घाम लाग्ने छ)
होसे राहाच ले । (उ आउनेछ)
अपुर्ण पक्ष जनाउने क्रियापदको रुपमा पाल्पाली मगर ढुट र भिरकोटे मगर ढुटमा क्रियाको रुप यसप्रकारको भिन्नता देखिन्छ :
पुर्ण वर्तमान

नेपालीपाल्पालीभिरकोटे
सुतेकोछमिस्मलेमिसोने/ मिसने
खाएकोछ      ज्यामले           ज्यामने
धोएकोछहुरमलेहुरोने
बनाएकोछखास्मलेखासोने
भनेकोछटेमलेडेमने
पुर्ण भुत :  
हेरेकोथियो  ओंस्मल्या         ओंसोन्या
सुनेकोथियोसेमल्यासेमन्या
नुहाकोथ्योरेस्मल्यारेसोन्या
भनेकोथियोटेमल्याडेमल्या

पाल्पाली मगरढुटमा धातुमा “मले” प्रत्यय लागेर पुर्णपक्ष जनाउने क्रियापदको निर्माण भएको छ भने भिरकोटे मगर ढुटमा धातुमा “ओने” जोडिएर अपुर्ण पक्ष जनाउने क्रियापद बनेकोछ । त्यस्तै धातुमा “मू” को साथमा भुतकाल जनाउने सहायक क्रिया पाल्पाली मगर ढुटमा “ल्या” अनि भिरकोटे मगर ढुटमा “न्याँ” जोडिएको पाइन्छ ।
मगरढुटको पाल्पाली र भिरकोटे भाषिकामा सबै भन्दा बढि देखिने भिन्नता आदरार्थीमा हो ।
वर्तमान काल :

नेपालीपाल्पालीभिरकोटे
खानुहुन्छज्यालेकोज्याकेछान्ने
भन्नुहुन्छ टेलेको           डेकेछान्ने
जान्नुहुन्छ वाहार्लेकोवाहार्केछान्ने

यहाँ पाल्पाली मगर ढुटमा क्रिया संग “को” लागेर आदरार्थी बनेकोछ । मगर भाषामा “को ” ले “हरु” भन्ने बहुवचन जनाउँछ । मिजा(बालक) मिजाको ( बालकहरु) यसो हुंदा नेपालीमा पनि बहुवचनलाई सामान्य आदरा प्रयोग हुन्छ जस्तै: तँ लेख् । तिमीहरु लेख । हुन्छ । भिरकोटे मगर ढुटमा खानु हुन्छ भन्दा ज्याके (खानु ) छान्ने (हुन्छ ) दुई वटा शब्द मिलेर ज्याके छान्ने आदरार्थी बनेको छ ।
भुतकालमा आदरार्थी

नेपालीपाल्पालीभिरकोटे
हेर्नुभयो       ओंस्काङओंस्केछाना
भन्नुभयोटेकाङडेकेछाना
हाँस्नुभयो रेटकाङरेट्केछाना
सिक्नुभयोपाहाकाङपाहाकेछाना
आदरार्थी प्रश्न  
खान्छस्?ज्याडल?ज्यालेस्?
हाँस्छस्?रेटडल?रेट्लेस्?
काट्छस्?चेडल?चेलेस्?
सुत्छस?मिस्डल?मिस्लेस्?

मगर भाषाको भाषिक भेदको बारेमा जे जति चर्चा गरियो अहिले मगर भाषाको अध्ययन अनुसन्धान गर्दै आउनु भएका विद्वानहरुको मतमा पश्चिमी स्याङ्जा र मध्य पाल्पामा मगर ढुटको मौलिक रुप जिवित छ भन्ने गरिन्छ । अन्यत्र बाट बसाइ सरेर आएका मगरहरुमा प्राय बालाई बुबा र आमालाई बोई भनेको आधारमा पाल्पाली मगर भाषि र बालाई बोई र आमालाई मोई भनेकै आधारमा भिरकोटे मगर भाषी भनेर छुट्याउनु पर्ने अबस्था छ किनकि मगर ढुटको मौलिकता हराउँदैछ ।
अहिले पुनर्जागरण आउन थाले पछि मगर भाषा सिक्नु पर्छ भन्ने चेतना बढ्दैछ । अब मगर भाषा नबोल्ने खसकुरे थन्थापि मगरहरु पनि आफ्नो घरमा मगर भाषा सिक्ने वातावरण सिर्जना गरेका छन् । अहिले मगर भाषा बोल्ने र नबोल्ने मगरहरु बीच बिवाहवारि चलेको कारण मगर भाषा जोगाऔ अभियानमा मद्दत मिलेको छ ।
अहिले सुर्खेत दैलेखमा बसोबास गर्ने मगरहरु जो मगरभाषा बोल्दछन् ती सबै कि त पाल्पाली मगर ढुटको प्रभाव क्षेत्रबाट आएर पाल्पाली मगर ढुट बोल्ने छन् कि त भिरकोटे मगर ढुटको प्रभाव क्षेत्र बाट आएकाले भिरकोटे मगर ढुट बोल्ने भएको कारण यी दुईवटा मगर ढुटको बारे चर्चा गर्न सकें ।
पुर्वेली मगर ढुट बोलिने सिन्धुली उदयपुर र धनकुटामा पाल्पाली र भिरकोटे मगर ढुट भन्दा केही फरक भाषिक भेद पाइन्छ ।

नेपालीपाल्पालीभिरकोटे
बनाउनुखास्केखास्की
मलाईङाकेङाकी
हरु कोकुरिक
आएको राहच                   राछ
चलेकोकेस्चकेस्च

पाल्पाली र भिरकोटे मगर ढुटमा धातुमा के लागेर क्रियापद बन्छ पूर्वेलीमा कि लगाइन्छ । के बिभक्ति पनि कि प्रयोग हुन्छ ङाकी(मलाई) पाल्पाली र भिरकोटेमा ” को ” ले हरु बहुवचन जनाउँछ पूर्वेलीमा कुरिक ले हरु वहुवचन जनाउँछ जस्तै- कानको(हामीहरु) कानकुरिक(हामीहरु) धेरै जसो क्रियापद पछाडिको च वर्ण छ मा रुपान्तरित हुन्छ । यहाँ उल्लेख गरिएका केही भिन्नता बाहेक अन्य सबै भिरकोटे मगर ढुट संग मेलखाने भएकोले भिरकोटे मगर ढुट भित्रै पुर्वेली मगर ढुटको पनि अध्ययन हुनु पर्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %