संविधानसभा विघटन गर्नु ६० वर्षको उपलब्धि समाप्त पार्नु हो : उपाध्यक्ष डा.भट्टराई

Read Time:1 Minute, 22 Second

काठमाडौँ, १३ जेठ

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभा विघटन भए ६० वर्षसम्मका आन्दोलनका उपलब्धिहरू गुम्ने भएकाले यसको म्याद थप्नुपर्ने बताएकाछन्  । उपाध्यक्ष भट्टराईले राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै सबै समस्याको समाधान प्याकेजमा खोजिनुपर्ने भनाइ दोहो¥याए  ।

केही राजनीतिक दलको कडा र अनावश्यक अडानले सहमति हुन गाह्रो भइरहेको स्पष्ट पार्दै उनलेले आज दिनभरि छलफल गरेर पनि समाधानको उपाय खोजिने आश्वासन दिए  ।

उपाध्यक्ष भट्टराईले संविधानसभा छ महिनासम्म बढाउनुको विकल्प नभएको बताउँदै दलहरूले आ–आप्mनो ढिपी छाडेर कुनै न कुनै सहमतिमा आउनुपर्ने विचार राखे  ।
नवौं कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा क्रान्तिकारी पत्रकार सङ्घ नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले भने – ‘संविधानसभा अहिलेसम्मकै सबैभन्दा ठूलो राजनीतिक उपलब्धि भएकाले यसलाई जसरी पनि बचाउनुपर्छ ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %