काठमाडौं, १३ जेठ
शान्ति प्रक्रिया कार्यान्वयन र संविधान लेखनका विषयमा सहमति जुटाउन सिंहदरबारस्थित शान्ति मन्त्रालयमा आज बिहान बसेको प्रमुख राजनीतिक दलका नेताहरूको बैठक स्थगित भएको छ ।
संविधानसभाको म्याद थप्न एक दिन मात्र समय बाँकी रहेको अवस्थामा सहमति जुटाउने उद्देश्यले बसेको तीन दलका शीर्ष नेताहरूको बैठक आजै पुनः बस्ने बैठकबाट बाहिरिएका एक नेताले पत्रकारलाई जानकारी दिए ।
वार्तामा एनेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूको सहभागिता रहेको छ ।
नेकपा एमालेका नेता वामदेव गौतमले जेठ १४ अगावै हतियारको साँचो एमाओवादीले बुझाउनु पर्ने नेपाली काँग्रेसको अडान र सो कुरा नमान्ने एमाओवादीको अडान बैठकमा कायमै रहेको भएपनि दुई दलको अडानबीच पनि सहमति निकाल्न प्रयासरत रहेको बताए ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एमाओवादी इमान्दार र जिम्मेवार हुने भए सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरे । बैठक कक्षबाट निस्कनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपूm अन्य बैठकको लागि बाहिर जान लागेको र बैठक पुनः बस्नेछ वताए ।