काठमाडाँै, ११ जेठ
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाले सक्रियातापूर्वक काम गरिरहेको र शान्ति प्रक्रियाको काम अघि बढिरहेको अवस्थामा नेपाली काँग्रेसले पनि म्याद थप गर्न सहमति गर्ने वताएका छन् ।
एबिसी टेलिभिजन र सर्वहारा कोषद्वारा आज राजधानीमा आयोजित खुला राजनीतिक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अब संविधानसभाको म्याद थप्दा अन्तिम पटक भनेर थप्नुपर्नेमा जोड दिए । उनले थपिएको अवधिको भत्ता नलिने गरी म्याद थप्छौँ भन्ने व्यवस्था गरिनु उपयुक्त हुने धारणा समेत राखे । अध्यक्ष दाहालले संविधानसभाको थपिएको अवधिमा जति काम हुनुपर्ने हो त्यति गर्न नसकेकोमा हामीले क्षमायाचना गर्नेपर्दछ भन्दै तर कत्ति पनि काम भएको छैन भनेर भएको प्रचारबाजीको खण्डन गरे । उनले अहिलेको राजनीतिक सङ्कट आजभोलि नै एउटा निष्कर्षमा पुग्ने विश्वास पनि व्यक्त गरे ।